श्रीन्यूज ओके रिपोर्टर।काठमाण्डौ
नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड नेतृत्वमा रहेको पुरानो गठबन्धन भत्काएर नेकपा माओवादी केन्द्र, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी , नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी सहितको नयाँ गठबन्धनको नयाँ मन्त्रिमण्डल आज बिस्तार भएको छ ।
बुधबार २० सदस्यीय मन्त्रिपरिषद् विस्तार हुँदा नयाँ गठबन्धनलाई खुसी बनाउन प्रधानमन्त्री दाहालले तीन जना उपप्रधानमन्त्री बनाएका छन् । तीन उपप्रधानमन्त्रीमा पहिलो वरियतामा एमालेका रघुवीर महासेठ छन भने त्यसपछिको वरियतामा नारायणकाजी श्रेष्ठ र रास्वपाका रवि लामिछानेलाई राखिएको छ ।
एमालेले उपप्रधानसहित आठ वटा मन्त्रालय पाएको छ । माओवादीले प्रधानमन्त्री र उपप्रधानमन्त्रीसहित ६ वटा मन्त्रालय राखेको छ । रास्वपाले उपप्रधान तथा गृहमन्त्रीसहित चार मन्त्रालय लिँदा नेकपा एस ले भने दुई मन्त्रालय पाएको छ । एमालेका रघुवीर महासेठ उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री हुदा एमालेका पदम गिरी कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ,राजेन्द्रकुमार राई खानेपानी मन्त्री, हरिप्रसाद उप्रेती रक्षा मन्त्री, बलराम अधिकारी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री, भगवती चौधरी– महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री, दामोदर भण्डारी– उद्योग, वाणिज्य तथा आपूर्ति तथा ज्वालाकुमारी साह – कृषि तथा पशुपन्छी विकास मन्त्री बनेका छन् ।
त्यसै गरी माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ उपप्रधान तथा परराष्ट्र मन्त्री, वर्षमान पुन अर्थ मन्त्री, शक्ति बस्नेत ऊर्जा मन्त्री, रेखा शर्मा सञ्चार तथा सूचना प्रविधि मन्त्री, हितबहादुर तामाङ संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बनेका छन ।
त्यसै गरी राष्ट्रिय स्वतन्त्र पार्टी बाट रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री, डोलप्रसाद अर्याल श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री, विराजभक्त श्रेष्ठ युवा तथा खेलकुद मन्त्री र सुमना श्रेष्ठ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री बनेका छन् ।
त्यसै गरी एकीकृत समाजवादीका भानुभक्त जोशी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री र धनबहादुर बुढा सहरी विकास मन्त्री बनेका छन् ।
Get real time update about this post categories directly on your device, subscribe now.