श्रीन्यूज ओके रिपोर्टर।भैरहवा
स्वास्थ्यका लागि हिडाई मुख्य उद्धेश्य बोक्दै स्थापित भैरहवाको युवाहरुको सस्था जगर्श गु्रपले फागु(होलि) मिलन कार्यक्रम आयोजना गरेको छ । सस्थाको बुद्धचोक स्थित सचिवालयमा आयोजित कार्यक्रममा लुम्बिनी प्रदेशका गृहमन्त्री एवं सस्थाका शुभेच्छुक सन्तोष पाण्डले फागु होलि मिलनको शुभकामना दिदै जगर्श गु्रपको सामाजिक क्षेत्रमा भिन्दै पहिचान रहेको बताउदै सामाजिक भूमिकामा युबाहरु अग्र स्थानमा रहेको बताए ।
कार्यक्रममा सस्थाका संरक्षक हरिचन्द्र श्रेष्ठले शुभकामना दिदै एकताबद्ध भएर समाजमा अझ बढी कार्य गर्न सुझाव दिनु भयो । जगर्शका सस्थापक अध्यक्ष अनिल उपाध्यायले फागु होलि मिलन कार्यक्रम सस्थाको नियमित कार्यक्रम रहेको र एकता, बन्धुत्वको भावना दिएको जनाए ।
कार्यक्रममा सस्थाका पुर्ब अध्यक्षहरु प्रकाश घिमिरे, बिकास सेन लगायतले शुभकामना दिएका थिए । कार्यक्रममा उपस्थित सबै सदस्य लगायत आमन्त्रितहरुले एकापसमा अविर लगायतका रंगलगाई शुभकामना आदान प्रदान गरेको सस्थाका सचिव बिक्रम मल्लले जनाएका छन् । सस्थाका कार्यवाहक अध्यक्ष प्रियाबन्धु न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको थियो ।
Get real time update about this post categories directly on your device, subscribe now.