श्रीन्यूज ओके रिपोर्टर।भैरहवा
नेवा खलः सिद्धार्थनगर भैरहवाको शनिवार सम्पन्न २४ औं साधारण सभा तथा १८ औं अधिवेशनले नयाँ पदाधिकारी निर्वाचित गरेको छ । निर्वाचन अधिकारी राम वहादुर श्रेष्ठका अनुसार अध्यक्ष मा चन्द्रभक्त श्रेष्ठ, निवर्तमान अध्यक्ष चन्द्र प्रकाश श्रेष्ठ(सिपी),उपाध्यक्ष भाग्यवान् महर्जन, उपाध्यक्ष दुर्गाकुमारी श्रेष्ठ, सचिव विश्वप्रकाश श्रेष्ठ, कोषाध्यक्ष विनिता श्रेष्ठ, सह सचिव कमलेशबहादुर श्रेष्ठ निर्वाचित भएका छन् । त्यसै गरी सदस्यहरुमा भीमसेन कर्माचार्य, कृष्णप्रसाद श्रेष्ठ, महेश्वरलाल श्रेष्ठ, भानुनारायण प्रधान, नवीनकुमार श्रेष्ठ, प्रकाशप्रसाद श्रेष्ठ, नारायणप्रसाद श्रेष्ठ,मनिषा श्रेष्ठ, सरला कर्माचार्य,संगीता श्रेष्ठ,रीता वैष्यत, शुष्मा राजकर्णिकार, सावित्री श्रेष्ठ निर्वाचित भएको निर्वाचन अधिकारी श्रेष्ठले बताए ।
नेवा खलः सिद्धार्थनगर भैरहवाको सि न पा ६ स्थित आफनै भवनमा सम्पन्न साधारण सभा तथा अधिवेशनको उदघाटन गर्दै नेवा देय दवु लुम्बिनी प्रदेश अध्यक्ष विजुला जोशीले नेवा खलः सिद्धार्थनगरले आफना सस्कृति सम्बद्र्धन तथा प्रबद्र्धनमा मात्र नभई सामाजिक क्षेत्रमा समेत महत्वपुर्ण भुमिका निभाएको बताईन् ।
सो अवसरमा ब्रह्माकुमारी ईश्वरीय विश्वबिद्यालय भैरहवा प्रमुख शान्ति दिदी, सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर कुमार श्रेष्ठ, उद्योग व्यापार संगठन रुपन्देहीका अध्यक्ष दर्पण श्रेष्ठ, सिद्धार्थनगर नगरपालिका वडा नम्बर ६ का वडा अध्यष वीरेन्द्रनाथ श्रीवास्तव, वडा नम्बर ५ का का.वा.अध्यक्ष सरस्वती श्रेष्ठ, सिद्धार्थ साहित्य परिषदका अध्यक्ष डिल्लीराज भट्टराई,इन्जिनियर्स एसोसियसन लुम्बिनी प्रदेश अध्यक्ष वरीष्ठ ई.शैलेन्द्रप्रसाद श्रेष्ठ,पुर्व अध्यक्ष राजु नारायण श्रेष्ठ, रुपन्देही एफएमका स्टेसन मैनेजर शंकर पाण्डे लगायतले मन्तब्य राखेका थिए ।
नेवा खलः सिद्धार्थनगरका अध्यक्ष चन्द्र प्रकाश श्रेष्ठ(सिपी)को सभापतित्व, सचिव भाग्यवान महर्जनको सञ्चालनमा सम्पन्न कार्यक्रममा स्वागत मन्तब्य उपाध्यष एवं कार्यक्रम संयोजक चन्द्र भक्त श्रेष्ठले राखेका थिए ।साधारण सभामा नेवा खलःका जेष्ठ नागरीक सदस्यहरु साथै एसईई लगायत परिक्षामा उच्च नम्बर ल्याई उत्तिर्ण हुने सदस्यका छोराछोरीलाई सम्मानित गरीएको थियो ।
Get real time update about this post categories directly on your device, subscribe now.