श्रीन्यूज ओके रिपोर्टर । लुम्बिनी
बुद्धजन्मस्थल लुम्बिनीमा दुई दिने ‘लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति महोत्सव शुक्रवारबाट सुरु भएको छ । अन्तर्राष्ट्रिय ध्यान दिवसको अवसर पारेर महोत्सवको उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले गर्दै ध्यानको माध्यमबाट समाजिक रुपान्तरण गर्नुपर्ने बताए ।
ध्यानले आफुलाई चिन्न सिकाउने भएकाले आफुलाई चिन्ने व्यक्ति सधै समाजमा पछि पारिएका बर्ग समुदाय संगै सिंङ्गो मानव जातिको मुक्तिको पक्षमा उभिने उनले बताए । बुद्ध मार्ग शान्ति र ध्यान एक अर्काको परिपुरक भएको उल्लेख गर्दै लुम्बिनीलाई बुद्धमार्ग संगै ध्यानको पनि केन्द्रको रुपमा विकास गर्नु पर्ने बताए ।
त्यस्तैगरी नेपालका लागि चिनियाँ राजदुत चेन सोङले नेपालले अन्तराष्ट्रिय ध्यान दिवस मनाउने प्रस्ताव संयुक्त राष्ट्रसंघमा लगे चिनले त्यसको सर्मथन गर्ने उल्लेख गर्दै लुम्बिनीलाई ध्यानको राजधानी बनाउन आग्रह गरे ।उनले नेपाल हिमाल र नदिहरुले जोडिएको उल्लेख गर्दै सगरमाथा नेपाल चिनबिचको मित्रताको साक्षी भएको बताए । बुद्ध जन्मस्थल नेपाल भएको र चिनमा बौद्धमार्गीहरुको अधिक संख्या रहेका कारण धार्मिक तथा साँस्कृतिक रुपमा पनि नेपाल र चिनबिच अन्योन्याश्रित सम्बन्ध रहेको जनाए ।
नेपाली राजकुमारी भृकुटीको र मुर्तिकार अरनिकोलाई नेपाल र चिन दुबै देशमा चर्चा गरिने गरेको स्मरण गर्दै राजदुत सोङले यसबाट परापुर्वकालदेखि नै नेपाल र चिनबिच गहिरो मित्रता रहेको बुझ्न सकिने बताए । ध्यानले शान्ति र सद्भावको सन्देश दिने र चिन सधैँ आपसि सद्भावको पक्षमा रहेको उनको भनाई थियो ।
लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले ध्यानको माध्यमबाट बुद्धजन्मस्थल लुम्बिनीको प्रचार प्रसार गर्न सकिने बताए । लुम्बिनीमा हुने यस्ता कार्यक्रमहरुले पर्यटकको संख्या बढाउन र आध्यात्मबादको विकास गर्न महत्वपूर्ण भुमिका खेल्ने बताए ।
महोत्सव नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ दुताबास, लुम्बिनी विकास कोष, र प्रदेश खेलकुद परिषद लुम्बिनीको आयोजनामा आयोजना गरिएको हो ।लुम्बिनीलाई विश्व शान्ति र धार्मिक साँस्कृतिक पर्यटन गन्तव्यका रुपमा प्रवद्र्धन र नेपाल चिनविचको सम्बन्धलाई जनस्तरमा विस्तार गर्ने उदेश्यले महोत्सव गरिएको हो ।
Get real time update about this post categories directly on your device, subscribe now.