श्रीन्यूज ओके रिपोर्टर । भैरहवा
मुस्लीम समुदायको पर्ब ईद उल फित्र पर्ब धुमधामका साथ आज(बिहीवार) दिनभर मनाईदैछ ।
एक महिना देखि चलेको रोजा ब्रत बुधवार राती उदाएको चन्द्रमा दर्शनपछि ब्रत तोडिएको मुस्लिम अगुवाहरुले बताए । मंगलवार चन्द्र देखिएको बिभिन्न देशमा भने बुधवार ईद उल फित्र पर्व मनाईएको छ । मुस्लिम समुदायल नेपालमा मनाउने गरिन्छ ।
ब्रत तोडिएको अर्को दिन ईद पर्ब मनाईएको छ । ईदमा तिन दिन सम्म आफनो ईष्टमित्र, छरछिमेक, आफन्तहरु र आफुभन्दा ठुला मान्यबरका कहा गएर आशिर्बाद लिने प्रचलन रहेको संबिधान सभा सदस्य एवं सिद्धार्थनगरका नगर प्रमुख ईश्तियाक अहमद खाले बताए ।
ईद पर्ब मुस्लिम समुदायको सबैभन्दा ठुलो पर्ब हो । ईदको अबसरमा भैरहवाको बसडिलया इदगाह,बगाहाको मदरसा इस्लामिया कादरीया अहले सुन्नत फैजुल ओलुम,बुटवल तथा जिल्लाका अन्य बिभिन्न ईदगाह,मस्जिद र मदरसाहरुमा सबै मुस्लिम समुदाय जम्मा भई सामुहिक रुपमा नमाज पाठ गरिएको थियो । यो पर्व एकदमै महत्वपुर्ण र ठुलो पर्व रहेको भैरहवाका युवा चिकित्सक डा. आरीफ खानले बताए । पर्वको दिन परीवारका सबै सदस्य एकैठाउमा भएर मनाउने गरीन्छ । शुभकामना आदान प्रदान परीवार साथीभाई माझ दिईन्छ, सेवै खाने प्रचलन छ, डा. आरीफले भने ।
ईदका अबसरमा ईदगाहा,मस्जिद तथा मदरसा हरुमा ध्वजा पताका टाँगी सजाईएको छ । मुस्लिम समुदाय मात्र नभई अन्य जातीमा पनि यो पर्बको उत्साह छाएको छ । मुस्लिम समुदायका साथीभाईहरुलाई अन्यजातिका साथीहरुले अंकमाल गरी शुाकामना दिने र घरमा खान बोलाउने प्रचलन बढी रहेको भैरहवाका मुस्लिम युवा मोजिव अलिले बताए ।ईदका दिन नमाज पढीसकेपछी अल्लाहलाई धन्यबाद प्रंकट गर्दै सबैले एक आपसमा अंकमाल गरी शुभकामना आदान प्रदान गर्ने र बिशेष किसीमको परीकार सेवै खाने र साथीभाई लगायत अरुलाई पनि खुवाउने प्रचलन रहेको छ, अलिले भने ।
शुभकामना आदान प्रदान पछी हरेक मुस्लीम समुदायले आप्नो समुदायको घरमा गएर सेवै खाने पचलन छ । जस्तो सुकै गरीबको घर नै किन नहोस उस्को घरमा गएर पनि सबैले सेवै खाई शुभकामना एक आपसमा दिने, अंकमाल गर्ने प्रचलन रहेको छ।
एक महीना सम्म रोजा ब्रतका समयमा बिहान सुर्य उदय देखि बेलुका सुर्यास्त नहुदा सम्म पानी पनि नपिई कठिन ब्रत बस्ने र रोजामा ८ बर्ष देखि माथिका सबै सहभागी हुनु पर्ने मान्यता छ ।
बिरामी ,असक्त ले रोजा ब्रत नबसे पनि हरेक दिन उस्ले गरीब गुरुवाहरुलाई खाना दान दक्षिणा प्रदान गर्नु पर्छ भने बिरामी भएकाले पछी निको भैसकेपछी फेरी यो ब्रत राख्नु पर्ने परम्परा रहेको छ ।
रोजा ब्रतका समयमा गलत काम का बारेमा सोच्न पनि नहुने धार्मिक मान्यता रहेको छ । रोजामा हरेक रात बिशेष प्रकारको नमाज तराबी पढने गरीन्छ । सो समयमा निमको डाठले दतिवन गर्ने शरीरका सबै ईन्द्रिय अंगहरुलाई आप्नो बसमा राखी शुद्ध पार्ने काम समेत गरीने भएकाले रोजा ब्रतको बिशेष महत्व रहेको छ ।
ईदका दिन मुस्लिम समुदायका हरेक सदस्यले नँया बस्त्र धारण गर्नु पर्ने मान्यता रहेको छ भने घरका सबैले दान गर्नु पर्दछ । सक्नेले तोकिए बराबर पैसा र नसक्नेले पैसा बराबरको खाद्यान्न दान गरे पनि हुने बताईन्छ । नेपाल सरकारले ईदका दिन बिहीबार राष्ट्रिय बिदा घोषणा गरेको छ ।
Get real time update about this post categories directly on your device, subscribe now.