श्रीन्यूजओके रिपोर्टर। भैरहवा
काठमाडौंलगायत अन्य स्थानबाट भैरहवा आउने धेरैको जिज्ञासा भैरहवाको मौसमबारे हुन्छ , धेरैको प्रश्न हुन्छ कतिको गमीए छ भैरहवामा । प्रिमनसुन सुरु भएयता भैरहवामा गर्मी बढ्दै गएको छ । त्यसो त नेपालका तराईका सबै स्थान र पहाडी क्षेत्रमा समेत गर्मी बढ्दै गएको छ । आगामी दिनमा अझै गर्मी बढ्ने पूर्वानुमान छ । नेपालमा मे महिनामा बढी गर्मी हुने गरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अहिले भैरहवा मात्र नभइ सिंगो तराईमा अहिले अत्यधिक गर्मी बढेको छ । गर्मीसँगै तातो हावा (हिट वेभ) ले जनजीवन प्रभावित छ । आज बैशाख १३ गतेका दिन देशमा सबैभन्दा बढी गर्मी भैरहवामा मापन भएको छ । यो दिन भैरहवाको तापमान ४१.७ डिग्री सेल्सियस मापन भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार वैशाख १३ गते भैरहवाको न्यूनतम तापमान २१ डिग्री सेल्सियस मापन भएको छ ।
गत वर्षको जुन ७ मा भैरहवामा सर्वाधिक तातो मापन भएको थियो । यो दिन तापक्रम ४५.७ डिग्री सेल्सियस पुगेको थियो ।
हरियाली कम, पछिल्लो समय गहुँ भित्र्याएर बाँकी रहेका नल खेतमै डढाउने क्रम उच्च, नदी खोलाको अवैध उत्खनन्, वृक्षरोपण न्यून, बढ्दो प्रदुषण, डढेलो, विभिन्नमाध्यमबाट पृथ्वीको दोहनलगायतका कारण गर्मी बढिरहेको छ ।त्यसैगरी विकासका नाममा जंगल फँडानी र पानीको स्रोत संरक्षण नहुनुलगायत धेरै कारणले पृथ्वीमा तापमान एवं गर्मी बढदै गएको हो ।
भैरहवा देशमै अधिक गर्मी हुने ठाउँ हो । पछिल्लो समय शहरलाई हरीयालीमैत्री बनाउने भन्दै सडक किनारामा वृक्षरोपण गर्ने क्रम बढेको छ । ‘शहरलाई ग्रीन, क्लिन र इकोफ्रेण्डली बनाउने हाम्रो अभियान नै हो । शहर हरीयाली भए गर्मी कम हुन्छ ।’ सिद्धार्थनगरका मेयर ईश्तियाक अहमद खान भन्छन्, ‘यही अभियान हाम्रो हो ।’ मैले सिद्धार्थनगरको मेयर भए पछि जति मतप्राप्त भएको छ त्यति बृक्षारोपण गर्छु भनेर सार्बजनिक रुपमै भनेको थिए, अहिले निरन्तर लागि रहेको छु, मेयर खान भन्छन् ।
त्यसो त उनी अघिका मेयर हरि अधिकारीले पनि हरीयाली शहर बनाउने क्रममा राम्रो सुरुवात गरेका थिए । उनैको कामको निरन्तरता अहिलेका मेयरले दिएका छन् । घर घरमा वृक्षरोपण गर्न, फूल बिरुवा लगाउन र आफ्नो घर अघि सडकका किनारामा रोपिएको वृक्षको संरक्षण गर्न र सकेमा पानी समेत हालिदिन नगरबासीमा मेयर खानको आग्रह छ । उनि भन्छन, बिभिन्न संघसस्थाले पनि बृक्षारोपण गर्नु भएको छ, बृक्षारोपण गर्ने मात्र होईन, संरक्षण गर्न पनि ध्यान दिनुहोला । सबै मिलेर सिद्धार्थनगर भैरहवालाई हरीयाली शहर बनाउने हो, उनि भन्छन् ।
Get real time update about this post categories directly on your device, subscribe now.