• मुख्य समाचार
  • फाेटाे फिचर
  • मौसम
  • सम्पादकीय
Wednesday, November 5, 2025
श्री ओके न्युज
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper
No Result
View All Result
श्री ओके न्युज
No Result
View All Result

शिशु बोधिसत्वको घर फिर्ती कार्यक्रम सहित  २५६८ औं बुद्ध जयन्ती मनाइदै 

Shree News Ok by Shree News Ok
८ जेष्ठ २०८१, मंगलवार १७:४६
1 min read
25 0
24
SHARES
48
VIEWS

 श्रीन्यूज ओके रिपोर्टर । भैरहवा


भैरहवा– शिशु बोधिसत्वको घर फिर्ती कार्यक्रम सहित २५६८ औ बुद्धजयन्ती एवम् लुम्बिनी दिवस–२०८१ बुद्ध जन्मस्थल लुम्बिनीमा विभिन्न उत्सवका रुपमा मनाउने तयारी भएको छ । बुद्ध जयन्तीलाई उत्सवका रुपमा जेष्ठ ९ गते देखिनै ३ दिन सम्म मनाइने लुम्बिनी विकास कोषले लुम्बिनीमा मंगलबार पत्रकार सम्मेलन आयोजना गरी जानकारी दिएको छ ।

२५६८ औं बुद्धजयन्ती एवम् लुम्बिनी दिवस सम्पन्न गर्न सस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्री तथा लुम्बिनी विकास कोषका अध्यक्ष हितबहादुर तामाङको संयोजकत्वमा ५६८ सदस्यीय आयोजक समिति र उपाध्यक्ष संविधानसभा सदस्य डा ल्हारक्याल लामा बेन्पो डिमें छिरिङः को संयोजकत्वमा मूल व्यवस्थापन समिति र पूजा परित्राण तथा माणी मोलम व्यवस्था उपसमिति, कोषाध्यक्ष ढुण्डिराज भट्टराईको संयोजकत्वमा प्रचार प्रसार उप समिति एवं रामग्राम देवदह समन्वय उपसमिति, सदस्य सचिव सानुराजा शाक्यको संयोजकत्वमा सुरक्षा तथा स्वयंसेवक उप समिति, योजना प्रमुख स्मिता भट्टको संयोजकत्वमा मायादेवी मन्दिर, मञ्च साजसज्जा तथा सरसफाइ उपसमिति, कार्यकारी सदस्यहरू विश्वराज पौडेलको संयोजकत्वमा शोभा यात्रा व्यवस्थापन उप समिति, श्याम रोक्काको संयोजकत्वमा अतिथि सत्कार, आवास तथा यातायात व्यवस्था उपसमिति, रामनरेश कोहारको संयोजकत्वमा कपिलवस्तु समन्वय उपसमिति, परिषद सदस्य श्रीराम यादवको संयोजकत्वमा प्रसाद तथा भोजन व्यवस्था उपसमिति गठन गरी बुद्ध जयन्ती एवं लुम्बिनी दिवस मनाउने तयारी भएको हो ।

ई.पू.६२३ मा लुम्बिनीको सुन्दर र पवित्र बगैचामा वैशाख शुक्ल पूर्णिमाका दिन मायादेवीको कोखबाट जन्म भएका बालक पछि भगवान बुद्ध भएका थिए । बुद्धको जन्म, बोधिज्ञान प्राप्ति र महापरिनिर्वाण त्रिसंयोग परेको दिन अर्थात वैशाख पूर्णिमाको दिनलाई लुम्बिनी विकास कोषले विशेष महत्वका साथ बुद्ध जयन्ती एवम् लुम्बिनी दिवसका रुपमा मनाउँदै आएको र यस पटक पनि भव्यताका साथ मनाउने गरी तयारी भैरहेको लुम्बिनी विकास कोषका उपाध्यक्ष संविधानसभा सदस्य डा ल्हारक्याल लामा बेन्पो डिमें छिरिङले बताए । तयारी अन्तिममा पुगेको छ ।

जेष्ठ १० गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यतामा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन तथा ध्यान केन्द्रमा २५६८ औं बुद्धजयन्ती एवम् लुम्बिनी दिवस विशेष समारोह हुने उपाध्यक्ष डा ल्हारक्यालले बताए । विशेष समारोहमा लुम्बिनी विकास कोषका अध्यक्ष एव संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री श्री हितबहादुर तामाङ सहित मन्त्री, लुम्बिनी प्रदेशका प्रदेश प्रमुख, मुख्यमन्त्री, प्रतिनिधिसभा, प्रदेशसभाका माननीय सदस्यहरू सहित उच्चस्तरीय पदाधिकारी, कूटनीतिक नियोग विदेशी पाहुनाहरूको समेत सहभागिता रहने लुम्बिनी विकास कोषका कोषाध्यक्ष एवं प्रचार प्रसार उप समितिका संयोजक ढुण्डिराज भट्टराईले बताए ।

जेठ ९ गते साँझ भारतीय दुतावासको साझेदारीमा सांस्कृतिक एवं बुद्ध संग सम्बन्धित चित्रकला कार्यक्रम, सोही साँझदेखि मायादेवी परिसरमा अहोरात्र महापरित्राण पाठ हुने छ ।९ गते लुम्बिनी विकास कोष, देवदह नगरपालिका र बौद्ध विश्व विद्यालयको सहकार्यमा एक समारोहको आयोजना गरिनेछ।

मूल समारोहका दिन जेठ १० गते बिहान ६ बजेदेखि राष्ट्रिय/अन्तर्राष्ट्रिय भिक्षु भिक्षुणीहरूको सहभागितामा लुम्बिनी भित्रका बिहारमा प्रार्थनासभा, बिहान साढे ७ बजे ५ नम्बर गेटबाट शोभायात्रा आयोजना हुने छ।

जेष्ठ १० गते बिहान नेपाल, भारत र श्रीलंका सम्म पुग्नेगरि त्रिदेशीय मोटरसाइकल यात्रा समेत शुभारम्भ हुने कार्यक्रम रहेको छ। मोटरसाइकल यात्रामा तिनै देशका सुरक्षा अधिकारी हरूले बौद्ध झन्डा र आफनो देशको प्रतिनिधित्व हुने गरी राष्ट्रिय झण्डा सहित यात्रा गर्नेछन् ।

त्यसै गरी बृहत्तर लुम्बिनी क्षेत्र अन्तर्गत अस्थिधातु रहेको परासीको रामग्राममा पण्डितपुर देखि रामग्राम सम्म अस्तु यात्रा, प्राचीन तिलौराकोट दरबारमा र देवदहमा पनि बुद्धजयन्तीमा स्थानीय तहहरुले विविध कार्यक्रम गरेर मनाइने प्रचार प्रसार उप समितिका संयोजक भट्टराईले बताए । ।

बुद्धजयन्तीको भोलिपल्ट बर्सेनी हुँदै आएको बोधिसत्व सिद्धार्थको शोभायात्रा जेष्ठ ११ गते हुनेछ। शिशु बोधिसत्वको घर फिर्तीको झल्को दिने गरी लुम्बिनीबाट मायादेवी सुत्केरी मार्ग हुँदै प्राचीन कपिलवस्तुसम्मको शोभायात्रा आयोजना हुनेछ ।

भगवान बुद्धको महत्व दर्शाउनुका लागि देवदह नगरपालिकामा नवलपरासीको रामग्राम नगरपालिका, कपिलवस्तुको कपिलवस्तु नगरपालिका सहित बृहत्तर लुम्बिनी क्षेत्रका जिल्लावासीलाई बुद्धजयन्तीका अवसरमा दीप प्रज्ववलन गर्न लुम्बिनी बिकास कोषले आग्रह गरेको छ ।

बुद्धपूर्णिमा नेपालसहित बौद्ध राष्ट्रहरू भुटान, थाइल्यान्ड, म्यानमार, मंगोलिया, कम्बोडिया, श्रीलंका, लाओसमा राजकीय सम्मानका साथ मनाउँने गरिएको छ । नेपालमा तत्कालीन राजा त्रिभुवनले वि.सं. २००६ साल जेठ ८ गतेदेखि सरकारी तवरबाट मान्यता पाएपछि नेपालमा रहेको लाखौँ बौद्धमार्गी नेपालीले बुद्धजयन्ती मनाउन थालेका हुन्। लुम्बिनीमा वि.सं. २०५५ मा ऐतिहासिक प्रथम विश्व बौद्ध शिखर सम्मेलन भएपछि बुद्धजयन्तीकै दिन सरकारले लुम्बिनी दिवस पनि मनाउन थालेको हो। विभिन्न बौद्ध मुलुकहरूको विशेष पहलमा १९९९ देखि संयुक्त राष्ट्रसंघसमेत अन्तर्राष्ट्रिय रूपमै बुद्धजयन्तीलाई मान्यता प्रदान गरी ‘वैशाख डे’का रूपमा विश्वभर रहेका आफ्ना सबै कार्यालयमा बुद्धजयन्ती मनाउन बिदा दिँदै आएको छ।

Facebook प्रतिक्रियाहरु

Shree News Ok

Share this:

  • Facebook
  • X

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
Shree News Ok

Shree News Ok

Related Posts

समाचार

आज माता तिर्थ औंशी

भैरहवा वरपर

मारवाडी सेवा सङ्घ भैरहवाको अध्यक्षमा श्रवण

समाचार

पत्रकारलाई दुर्व्यवहार र आक्रमणको प्रयास गर्ने यादव पक्राउ

अर्थहवा

‘मेरो व्यवसाय’ : खाद्य सामाग्री को खरीद बिक्री

खेलकुद

श्री दाउन्ने ओशो स्वर्णकार सुपर सिक्स क्रिकेट: उपाधि विश्वकर्मा युवा समाजलाई

अर्थहवा

रूपन्देहीका ईट्टा उद्योग सङ्कटमा, बेमौसमी वर्षाले थप समस्या

  • ट्रेंडिंग
  • प्रतिक्रियाहरु
  • भर्खरको पोष्ट

लुम्बिनी वाटर पार्क बैशाख १५ बाट सञ्चालनमा आउने

छिटै निको हुनेछुः आयुषा

भारतीय ट्रकको चामल लुटेर चालककै हत्या ४ जना पक्राउ

रुपन्देहीमा मंगलवारबाट सार्जजनिक यातायात चल्ने, पसलहरु खुल्ने समय अबधि बढ्ने

आज माता तिर्थ औंशी

0

एभरेष्ट बैंकको प्रधान कार्यालय सिल

0

सुनको भाउ एक लाख दुई हजार पाँच सय पुग्यो

0

रोड दुर्घटनामा परेका अफगानिस्तान ओपनर नजिबको निधन

0

आज माता तिर्थ औंशी

मारवाडी सेवा सङ्घ भैरहवाको अध्यक्षमा श्रवण

पत्रकारलाई दुर्व्यवहार र आक्रमणको प्रयास गर्ने यादव पक्राउ

‘मेरो व्यवसाय’ : खाद्य सामाग्री को खरीद बिक्री

हाम्रो बारेमा

 

श्री न्यूज ओके नेपाल डट कम भैरहवा र वरपरका क्षेत्रका विभिन्न समाचारहरु पाठकहरुमाझ ल्याउने उद्देश्यले सञ्चालनमा ल्याइएको हो । यस क्षेत्रका आर्थिक, सामाजिक, पर्यटन, शिक्षा, खेलकुद, संस्कृति लगायतका विषयलाई यो अनलाइनले प्राथमिकता दिनेछ । समाजमा भएका राम्रा पक्षको समाचार माध्यमबाट प्रवद्र्धन र गलत पक्षको कामको समाचारको माध्यमबाट निरुत्साहित गर्दै स्वच्छ समाज निर्माणमा समाचारको माध्यमबाट लाग्ने छौं ।

सम्पर्क

 

ठेगाना : सिद्धार्थनगर – ८, भैरहवा, रुपन्देही
सम्पर्क न : 9857062352
इमेल : newsok52@gmail.com

श्री न्युज ओके डट कमका लागि

पोर्ट मिडिया प्रा.लि.
कम्पनी दर्ता नं. १५३१७२/०७३/०७४
अध्यक्षः विमल सेन्चुरी
प्रवन्ध निर्देशकः विक्रम मल्ल
प्रवन्ध सञ्चालकः राजकुमार गुप्ता
सञ्चालकः
खेमराज भुषाल
सीता केसी
जमुना गिरी
प्रेमराज शर्मा
विकाश नारायण श्रेष्ठ
रियाज वारिश

हाम्रो टिम

सम्पादकः मनोरञ्जन शर्मा


ग्राफिक्स :
कमल परियार / के डिजाइनर
व्यवस्थापकः सरिता सापकोटा
कार्यालय सहायकः सन्तोष भुज
बजार प्रतिनिधीः केशव यादव

सम्वाददाताः
हनुमान पाण्डेय, कपिलवस्तु
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2020 श्री न्युज ओके | Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper

© 2020 श्री न्युज ओके | Design By :- Hari Karki

Welcome Back!

OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?