श्री न्यूज ओके रिपोर्टर
भैरहवा – मायादेवी गाउँपालिका वडा नम्बर ८ भैरहवा–लुम्बिनी सडकमा अवस्थित सिद्धार्थ बालगृहमा गत वर्ष जस्तै यो बर्ष पनि सामूहिक भाइटीका कार्यक्रम आयोजना हुने भएको छ ।
१० वर्ष देखि त्यहाँ रहेका बालबालिकाहरूलाई सामूहिक रुपमा भाइटीका मनाउने कार्यको व्यवस्थापन भैरहवाको सामाजिक क्षेत्रमा कार्यरत सस्था ‘जगर्श ग्रुप ले गर्दै आएको छ । विगतका वर्षमा जस्तै यस वर्ष पनि बालगृहमा सामूहिक भाइटीका मनाउने कार्यका लागि हामीले व्यवस्थापन गरेका छौ, ग्रुपका अध्यक्ष प्रियबन्धु न्यौपानेले बताए।
हामीहरूले १० बर्स देखि यँहा रहेका अनाथ बालबालिकाहरू एकापसमा भाइटीका लगाउने सार्वजनिक कार्यक्रम सुरुवात गरेका थियौ र यस बर्स पनि निरन्तर दिदैँ आवश्यक सामग्रीहरू हस्तान्तरण गरयौ, पर्वका बेला बालगृहमा रहेका साना बालबालिकालाई खल्लो र नियास्रो महसुस नहोस् भन्दै भाइटीका सामूहिक रूपमा मनाउने परम्परा अग्रजहरूले थालनी गर्नु भयो, हामीले निरन्तरता दिएका छौ, अध्यक्ष न्यौपानेले भने ।
जगर्श ग्रुपले बालगृहमा रहेका सबै बालबालिकालाई भाइटीकामा आवश्यक पर्ने सयपत्री फूलको माला, टिका, मसला,मिठाई, फलफुल रोटी, खाद्यान्न, मासु लगायतका बस्तुहरू शनिबार बिहान सिद्धार्थ बालगृहकी सञ्चालिका कृष्ण माया गुरुङ्गलाई हस्तान्तरण गरेको छ । भाइटीकाको सामान ग्रहण गर्दै सञ्चालिका गुरुङ्गले जगर्श ग्रुप यो संस्थाको अभिभावकका रुपमा रहेको बताइन्।
भाइटीका सामग्री हस्तान्तरण कार्यक्रममा ग्रुपका संस्थापक अध्यक्ष अनिल उपाध्याय, संस्थापक संरक्षक हरीचन्द्रश्रेष्ठ, अध्यक्ष प्रियबन्धु न्यौपाने, सचिव अनिल केसी, सदस्यहरु रमेश घिमिरे, बिकास नारायण श्रेष्ठ, कृष्ण पाण्डे, राजु न्यौपाने, सतिश आचार्यको उपस्थिति थियो ।यस बर्षको भाइटीका कार्तिक १८ गते परेको छ । जगर्श ग्रुप बिहानी हिँडाइ (मनिङ्ग वाक) गर्ने भैरहवाका युवाहरूको समूह हो ।
Get real time update about this post categories directly on your device, subscribe now.