• मुख्य समाचार
  • फाेटाे फिचर
  • मौसम
  • सम्पादकीय
Sunday, May 11, 2025
श्री ओके न्युज
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper
No Result
View All Result
श्री ओके न्युज
No Result
View All Result

आज छठ पर्व  

मनाेरञ्जन शर्मा by मनाेरञ्जन शर्मा
२२ कार्तिक २०८१, बिहीबार १४:०८
1 min read
26 0

सिद्धार्थनगर नगरपालिका वार्ड नंं. ५ स्थित सेनाको ब्यारेकमा रहेको पोखरीमा स्थित छठ पोखरी । यो पोखरीमा बिगत ६५ बर्ष भन्दा लामो समय देखि निरन्तर छठ पूजा हुँदै आएको छ । तस्बिरः न्यूज ओके 

25
SHARES
49
VIEWS

श्री न्यूज ओके रिपोर्टर


भैरहवा – सूर्य भगवानको आराधना गरी मनाइने तराई क्षेत्रको पर्व छठको आज मुख्य दिन हो। यो पर्व सुरु भए सँगै तराई मधेशमा रौनक छाएको छ । तिहार लगत्तै आउने यो पर्व तराई मधेशको सबैभन्दा ठुलो पर्व हो भने नेपालमा दशैँ, तिहार पछि सबैभन्दा बढी उत्साह देखिने पर्वका रुपमा रहेको छ ।

आज अस्ताउँदो सूर्य लाई अर्घ दिएर तथा भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ दिए पछि यो पर्व सकिन्छ । चार दिन सम्म यो पर्व बिभिन्न विधि पुरा गरी मनाइन्छ । ।

छठको पहिलो दिन बिहीबार श्रद्धालुहरू ‘नहाय खाय’ सम्पन्न गरे । सो दिन बिहान सबेरै उठेर हात खुट्टाको नङ काटी चोखो पानीले नुहाइधुवाई गरी सफा कपडा लगाएर पूजा गरी शुद्ध भोजन गर्ने प्रचलन रहेको छ । छठको दोस्रो दिनलाई खरना भनिन्छ। यस दिनमा नुहाएर चोखो भई साँझपख व्रतालुहरूले सक्खरको खीर खाने गर्छन् ।

तेस्रो दिन मुख्य अर्थात् छठ पर्व हो । यस दिनमा व्रतालुहरू पानीसमेत नपिई निर्जल बस्दछन्। साँझपख नजिकैको नदी तिर, पोखरी, तलाउ, इनार, कुवाजस्तो जलाशयमा गई पानीमा उभिएर अस्ताउँदो सूर्यलाई पूजा गर्दछन्। छठको दिन सूर्यलाई चढाउन बनाइएका सामग्री घाटमा लगेर पालैपालो पानीमा डुबाई सूर्य देवतालाई चढाउँछन्। यस दिन छठ पूजा स्थलमा रातभर भजनकीर्तन र नाचगान हुने गर्दछ। पूजास्थललाई बेहुलीझै सिँगारिएको हुन्छ। प्रातःकालीन अ­र्घ्यका लागि केही व्रतालु छठ पूजा स्थलमै बस्छन्। चौथो दिन श्रद्धालु भक्तहरूले उदाउँदो सूर्यको पूजाआजा गरी जल चढाउँदै पुजा गरेपछि छठ पूजा समाप्त हुन्छ ।

छठी माईको नाममा व्रत र सूर्यको आराधना गरि तराईमा मनाइने छठ पर्व विशेष गरी तराईको भैरहवा, विराटनगर, जनकपुर, बिरगन्ज,नेपालगन्ज, झापा नवलपरासी लगायतका स्थानमा धुमधाम साथ मनाइने गरिन्छ । अहिले यो पर्व काठमाण्डौ, पोखरा लगायतका शहर तथा पहाडी जिल्लामा समेत मनाउने क्रम बढेको छ ।

तराईको अन्य स्थानका साथै रूपन्देहीको भैरहवा बुटवल र अन्य ग्रामीण क्षेत्रहरू बेथरी, बनगाई, धकधई, बेलहिया मर्चवार, लुम्बिनी, मणिग्राम, बेथरी तिनाउ नदि किनार, सूर्यपुरा, गैडहवा, लगायतका क्षेत्रमा धुमधामका साथ छठ मनाइदैछ ।

भैरहवामा नेपाली सेनाको ब्यारेकमा अवस्थित छठमाई पोखरी र गल्लामण्डीमा श्रीरामजानकी हनुमान मन्दीर परीसरमा छठ पूजा पोखरीमा पूजा गर्नका लागी ब्यबस्था मिलाईएको छ । छठ पूजन समिति सिद्धार्थनगरको आयोजनामा सिद्धार्थनगर नगरपालिका वार्ड नंं. ५ स्थित सेनाको ब्यारेकमा रहेको पोखरीमा बिगत ६५ बर्ष भन्दा लामो समय देखि निरन्तर छठ पूजा हुदै आएको छठ पुजन समारोह समितीका संयोजक आनन्द प्रसाद गुप्ताले बताए ।

यस बर्ष पनि भब्य पुर्बक मनाउने गरी सबै तयारी पुरा भएको छ । पोखरीको डिलमा पूजा गर्नेहरुले आएर बेदी बनाईसकेको र यसपटक यो पोखरीमा २ हजार ४ सय भन्दा बढीले बेदी अगाडी सरिक भई पूजा गर्ने ब्यबस्था मिलाईएको बनाईएको गुप्ताले बताए । यो पोखरीमा पूजाका लागी परिवार सहित १५ हजार बढी उपस्थित हुने अपेक्षा आयोजकको छ ।

विशेष गरि तराईमा बसोबास गर्ने मधेशी समुदायले मात्र मनाउदै आएको यस पर्वलाई पछिल्ला बर्षहरुमा पहाडी मूलका महिलाहरुसमेत पुजाका लागि आउने क्रम बढेको र यस ले एक धर्म जातीले अर्को धर्म जाती को पर्ब सस्कारलाई उच्च सम्मान दिदै एकताको सन्देश दिएको छ । गल्लामण्डी स्थीत श्रीराम जानकी हनुमान मन्दिर परीसरमा यो पटक समेत गरी नवौ पटक छठपुजा हुन लागेको र यहा ५ सय भन्दा बढी बेदी पूजाका लागी निर्माण भएको र हजारौ उपस्थित भई श्रद्धापुर्बक छठ पूजा गर्ने श्रीराम जानकी हनुमान मन्दिर छठ पूजा समारोह समितिका अध्यक्ष नरेन्द्र रौनीयारले बताए ।

सिद्धार्थनगर नगरपालिका वार्ड. ४ गल्लामण्डी स्थित रामजानकी हनुमान मन्दिर परिसरमा रहेको छठ पोखरीमा । यो पोखरीमा विगत ९ वर्ष देखि छठ पूजा हुदैँ आएको छ । तस्बिरः न्यूज ओके

छठ पर्वको तयारी पुरा भएको छ, हामी सबै उत्साहित छौ तराईबासी मात्र नभई पहाडी समुदायका महिलाहरु पनि पूजा गर्न र सहभागी हुन आउने हुदा यो एकताको पर्वका रुपमा लिन थालिएको छठपूजन समिती गल्लामण्डीका सल्लाहकार भैरब कलवारले बताए ।

छठका लागी भनेर रुपन्देहीमा पहिला देखिनै पुजा गरीदै आएको ताल,तलैया, खोला नालामा सरसफाई गरी सिंगार पटार गर्नुका साथै मण्डपहरु निर्माण कार्य सम्पन्न भैसकेका छन् ।

भैरहवा र वरपरका बिभिन्न स्थानमा छठपूजा हुदै

भैरहवाको आर्मि व्यारेक तथा श्रीराम हुनुमान मन्दिरका अलावा वडा नम्बर १ बेलहियामा, वडा नम्बर ९ गोनहियामा, वडा नम्बर ४कोबिश्वकर्मा मन्दिर पछाडी घाघरा नदी किनारमा, वडा नम्बर १० शंकरपुर लगायतका बिभिन्न स्थानमा पनि सामुहिक रुपमा छठपूजा समारोह आयोजना हुदैछ भने मायादेवी गाउपालिका वडा नम्बर ८ बेथरीको तिनाय नदि तिरमा पनि बृहत रुपमा छठपूजा आयोजना हुदैछ। त्यसै गरी ओमसतिया एवं रोहिणी गाउँपालिका हुदै बग्ने रोहीणी नदि तिरमा पनि पूजा हुदैछ ।

दशै तिहार जस्तै तराईवासीका लागि छठ पर्वले विशेष महत्व राख्ने गर्छ । छठ माता र सूर्यको पुजा गर्नाले सुख, शान्ति, समृद्धि, दीर्घायु साथै छालाको रोग हट्ने धार्मिक मान्यता रहेको छ । छठमा गहँुको पिठोबाट बनाइएको ठेकुवा, पुडी, लड्डु, कसार, पञ्चमेर, विभिन्न किसिमका गेडागुडी, जटा नरिवल, कागती, अदुवा, उखु, केरा लगायतका सामग्रीहरु प्रसादको रुपमा अर्पण गर्ने चलन रहेको छ ।

Facebook प्रतिक्रियाहरु

मनाेरञ्जन शर्मा

Share this:

  • Facebook
  • X

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
मनाेरञ्जन शर्मा

मनाेरञ्जन शर्मा

Related Posts

समाचार

आज माता तिर्थ औंशी

भैरहवा वरपर

मारवाडी सेवा सङ्घ भैरहवाको अध्यक्षमा श्रवण

समाचार

पत्रकारलाई दुर्व्यवहार र आक्रमणको प्रयास गर्ने यादव पक्राउ

अर्थहवा

‘मेरो व्यवसाय’ : खाद्य सामाग्री को खरीद बिक्री

खेलकुद

श्री दाउन्ने ओशो स्वर्णकार सुपर सिक्स क्रिकेट: उपाधि विश्वकर्मा युवा समाजलाई

अर्थहवा

रूपन्देहीका ईट्टा उद्योग सङ्कटमा, बेमौसमी वर्षाले थप समस्या

  • ट्रेंडिंग
  • प्रतिक्रियाहरु
  • भर्खरको पोष्ट

लुम्बिनी वाटर पार्क बैशाख १५ बाट सञ्चालनमा आउने

भारतीय ट्रकको चामल लुटेर चालककै हत्या ४ जना पक्राउ

छिटै निको हुनेछुः आयुषा

रुपन्देहीमा मंगलवारबाट सार्जजनिक यातायात चल्ने, पसलहरु खुल्ने समय अबधि बढ्ने

आज माता तिर्थ औंशी

0

एभरेष्ट बैंकको प्रधान कार्यालय सिल

0

सुनको भाउ एक लाख दुई हजार पाँच सय पुग्यो

0

रोड दुर्घटनामा परेका अफगानिस्तान ओपनर नजिबको निधन

0

आज माता तिर्थ औंशी

मारवाडी सेवा सङ्घ भैरहवाको अध्यक्षमा श्रवण

पत्रकारलाई दुर्व्यवहार र आक्रमणको प्रयास गर्ने यादव पक्राउ

‘मेरो व्यवसाय’ : खाद्य सामाग्री को खरीद बिक्री

हाम्रो बारेमा

 

श्री न्यूज ओके नेपाल डट कम भैरहवा र वरपरका क्षेत्रका विभिन्न समाचारहरु पाठकहरुमाझ ल्याउने उद्देश्यले सञ्चालनमा ल्याइएको हो । यस क्षेत्रका आर्थिक, सामाजिक, पर्यटन, शिक्षा, खेलकुद, संस्कृति लगायतका विषयलाई यो अनलाइनले प्राथमिकता दिनेछ । समाजमा भएका राम्रा पक्षको समाचार माध्यमबाट प्रवद्र्धन र गलत पक्षको कामको समाचारको माध्यमबाट निरुत्साहित गर्दै स्वच्छ समाज निर्माणमा समाचारको माध्यमबाट लाग्ने छौं ।

सम्पर्क

 

ठेगाना : सिद्धार्थनगर – ८, भैरहवा, रुपन्देही
सम्पर्क न : 9857062352
इमेल : newsok52@gmail.com

श्री न्युज ओके डट कमका लागि

पोर्ट मिडिया प्रा.लि.
कम्पनी दर्ता नं. १५३१७२/०७३/०७४
अध्यक्षः विमल सेन्चुरी
प्रवन्ध निर्देशकः विक्रम मल्ल
प्रवन्ध सञ्चालकः राजकुमार गुप्ता
सञ्चालकः
खेमराज भुषाल
सीता केसी
जमुना गिरी
प्रेमराज शर्मा
विकाश नारायण श्रेष्ठ
रियाज वारिश

हाम्रो टिम

सम्पादकः मनोरञ्जन शर्मा


ग्राफिक्स :
कमल परियार / के डिजाइनर
व्यवस्थापकः सरिता सापकोटा
कार्यालय सहायकः सन्तोष भुज
बजार प्रतिनिधीः केशव यादव

सम्वाददाताः
हनुमान पाण्डेय, कपिलवस्तु
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2020 श्री न्युज ओके | Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper

© 2020 श्री न्युज ओके | Design By :- Hari Karki

Welcome Back!

OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?