श्रीन्यूज ओके रिपोर्टर।भैरहवा
गुरुङ समुदायको नयाँ वर्षलाई स्वागत गर्दै आज तमु ल्होछार पर्व देश बिदेशमा भब्यतापुर्बक मनाइदैछ । ‘ल्हो’को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसार गुरुङ समुदायले नयाँ वर्षका रुपमा भव्यरुपमा मनाउने गर्छन् भैरहवामा पनि बिभिन्न कार्यक्रम गरी यो पर्व मनाइदैछ ।
‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्यता रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायतमा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको किम्वदन्ती छ । यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोवास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा यो पर्व मनाइने विश्वास गरिन्छ ।
पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्व रहेको बताइन्छ । तमु ल्होसारका अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ ।
तमु भन्नाले गुरुङ्ग समुदायलाई चिनाउँदछ भने ल्होसार भन्नाले नयाँ वर्ष भन्ने अर्थ लाग्दछ । आज गुरुङ्ग समूदायको नयाँ वर्ष हो । चाईनीज ज्योतिषशास्त्र र पात्रो अनुसार बर्षमा १२ महिना हुन्छन् र हरेक महिनाहरु जनावरको आधारमा नामांकृत हुन्छन् । हरेक वर्ष प्रत्येक जनावरको रुपमा लिईन्छ । यो वर्ष चाँही सर्प वर्ग तमु पात्रोअनुसार, तमु ल्होसार २०८१ साल (सर्प वर्ग) सप्री ल्हो को वर्ष हो। गुरुङ समुदायमा १२ वर्ग (ल्हो) रहेका छन्, र हरेक वर्ष एउटा ल्हो परिवर्तन हुने परम्परा छ। यो वर्ग परिवर्तनलाई नयाँ वर्षको रूपमा मनाउँदै तमु ल्होसार विशेष सांस्कृतिक कार्यक्रम, नाचगान, परम्परागत रीतिरिवाज, खानपानका साथ उल्लासपूर्वक मनाइन्छ।
Get real time update about this post categories directly on your device, subscribe now.