• मुख्य समाचार
  • फाेटाे फिचर
  • मौसम
  • सम्पादकीय
Thursday, July 10, 2025
श्री ओके न्युज
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper
No Result
View All Result
श्री ओके न्युज
No Result
View All Result

संरचना निर्माणमा कमजोरी, भूकम्पमा धेरै क्षति

मनाेरञ्जन शर्मा by मनाेरञ्जन शर्मा
३ माघ २०८१, बिहीबार १२:१४
1 min read
17 0
17
SHARES
33
VIEWS

मनोरञ्जन शर्मा


भैरहवा–भूकम्पले सिकाएको पाठ, बलियो संरचना र सुदृढ पूर्वतयारीका साथ २७औं भूकम्प सुरक्षा दिवस मनाइएको छ । प्रत्येक वर्ष माघ २ गतेका दिन भूकम्पका बारेमा जनचेतना जगाउने उद्देश्यले यो दिवस मनाउँदै आइएको छ । १९९० साल माघ २ गते दिउँसो २स्२४ बजे भूकम्प गएको सम्झनामा प्रत्येक वर्ष यही दिन विभिन्न कार्यक्रम आयोजना गरी देशैभर भूकम्प दिवस मनाउने गरिन्छ । प्रत्येक वर्ष यो दिवसका लागि नयाँ नारा चयन गरिन्छ । यस वर्षको नारा भूकम्पले सिकाएको पाठ, बलियो संरचना र सुदृढ पूर्वतयारीका साथ रहेको छ ।

नाराको अर्थ अहिलेसम्मका भूकम्पले कमजोर संरचना क्षतिको कारक रहेकाले त्यसलाई भूकम्पले सिकाएको पाठका रूपमा लिई बलियो संरचना अर्थात् भूकम्प प्रतिरोधी भवन पूर्वाधार निर्माण गर्ने र भूकम्प आइहाले के गर्ने भनेर उत्कृष्ट पूर्व तयारीका साथ रहने भन्ने रहेको छ । अर्थात् भूकम्पका कारणले नभई कमजोर संरचनाका कारण धेरै क्षति हुन्छ । कमजोर संरचना निर्माणले मानवीय तथा भौतिक क्षति गर्ने भएकाले भूकम्प प्रतिरोधी संरचना बनाउन आम नागरिकलाई सचेतना जगाउने काम छ ।

२०७२ सालको भूकम्पमा धेरै ज्यान गुमाउनेमा कमजोर संरचनाका कारण धेरै छन भने पुराना भवन तथा सांस्कृतिक सम्पदा पनि धेरै भत्केका छन् । कमजोर संरचना रहेका ग्रामीण क्षेत्रका घर भवन भत्कँदा धेरैको ज्यान गएको छ । सहरी क्षेत्रमा पनि कमजोर संरचना तथा भवन मापदण्डविपरीत बनाइएका संरचना भूकम्पमा धेरै भत्केर मानवीय क्षति भएको छ । पछिल्लो समय २०८० कात्तिक १७ गते राति ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामीडाँडालाई केन्द्रविन्दु बनाएर ६।४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो ।

त्यस भूकम्पले कर्णाली प्रदेशको जाजरकोट र रुकुम पश्चिममा भूकम्पले ठूलो क्षति पुर्याएको थियो । भूकम्पका कारण जाजरकोट र रुकुम पस्चिममा १५७ जनाको मृत्यु भयो । जाजरकोट, रुकुम पश्चिम, र अन्य जिल्लामा गरी घाइतेको संख्या ९५० बढी पुग्यो । पुराना र कमजोर संरचनामा बनेका प्रायस् घर भत्किए र त्यसैमा पुरिएर धेरैको ज्यान गयो । २०७२ सालको भूकम्प अघि २०४५ साल भदौ ४ गते र १९९० माघ २ गते नेपालमा ठूला भूकम्प जाँदा ठूलो क्षति भएको थियो ।

त्यतिबेला पनि कमजोर संरचनाका कारण बढी क्षति भए मानवीय र भौतिक दुवै भयो । २०७२ सालको भूकम्पपछि भने आमसर्वसाधारण सचेत हुन थालेका छन् । भवन मापदण्डअनुसार निर्माण अनिवार्य छ । यद्यपि ग्रामीण दुर्गम क्षेत्रमा अझै पनि भवन मापदण्डको कुरा छाडौं नक्सा बिना नै आफ्नो स्वेच्छाले नक्सा बनाई घर भवन बनाउने गरेको पाइन्छ । यसरी घर भवन निर्माण गर्दा जोखिम र क्षति बढी हुन्छ, यस्ता घर भवन भत्कन ढल्न भूकम्प नै कुर्नु नपर्ने संघीय आयोजना कार्यान्वयन एकाइ सहरी विकास कार्यालय भैरहवाका इन्जिनियर निरज केसरी बताउँछन् ।

भवनमात्रै होइन अन्य पूर्वाधार पुल, बाटो, नालालगायतका संरचना पनि भूकम्प प्रतिरोधी निर्माण अनिवार्य छ, केसरी भन्छन् । अझै पनि ग्रामीण क्षेत्रमा भवन निर्माण गर्दा नक्सा बिना बनाउने, भूकम्प प्रतिरोध निर्माण नगर्दा पछि भूकम्प आएमा त्यस्ता घरलाई बढी क्षति हुने हुँदा भूकम्पले सिकाएको पाठलाई आत्मसाथ गर्दै बलियो संरचना भूकम्प प्रतिरोधी भवन पूर्वाधार बनाउनु पर्ने धारणा इन्जिनियर केसरीको छ । अहिले भूकम्प प्रतिरोध भवन अनिवार्य रहेको सिद्धार्थ नगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खा बताउँछन् ।

अब नगरपालिका मात्रै होइन गाउँपालिकामा पनि भवन संरचना निर्माण गर्दा भवन मापदण्ड, भूकम्प प्रतिरोधी र नक्सा पास अनिवार्य भइसकेको छ । तर नेपालका अधिकांश ग्रामीण क्षेत्रका घर भवनको अझै पनि नक्सा पास छैन । पुराना संरचना रहेका ती भवन भूकम्प्का कारण उच्च जोखिममा छन् । भवन निर्माणको मापदण्डभित्र रही संरचना निर्माण गरे भूकम्प आए त्यसबाट हुने जोखिम र क्षतिबाट बच्न सकिने लुम्बिनी प्रदेश सरकारका पूर्वाधार विज्ञ इन्जिनियर जीवन अर्याल बताउँछन् ।सहरी क्षेत्रमा भन्दा पनि ग्रामीण र दुर्गम क्षेत्रमा घर भवन बनाउँदा मापदण्डविपरीत घर तथा भवन बन्ने गरेकाले पनि भूकम्पमा त्यस्ता घर तथा भवनमा बढी क्षति हुने गरेको हुँदा सबै सचेत हुनुपर्ने उनको भनाइ छ ।

‘लुम्बिनी प्रदेशको पहाडी जिल्लाका कतिपय गाउँबस्ती पुरानो र कमजोर संरचनाका छ्न ती बस्ती जोखिममा छन्,’ उनले भने । घर बनाउँदा कम गुणस्तरका सामान प्रयोग गर्ने, थोरै सामान प्रयोग गर्ने, आफै इन्जिनियर हुनेजस्ता कारणले पनि बढी जोखिम हुने गरेको विज्ञहरूको भनाइ छ ।

Facebook प्रतिक्रियाहरु

मनाेरञ्जन शर्मा

Share this:

  • Facebook
  • X

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
मनाेरञ्जन शर्मा

मनाेरञ्जन शर्मा

Related Posts

समाचार

आज माता तिर्थ औंशी

भैरहवा वरपर

मारवाडी सेवा सङ्घ भैरहवाको अध्यक्षमा श्रवण

समाचार

पत्रकारलाई दुर्व्यवहार र आक्रमणको प्रयास गर्ने यादव पक्राउ

अर्थहवा

‘मेरो व्यवसाय’ : खाद्य सामाग्री को खरीद बिक्री

खेलकुद

श्री दाउन्ने ओशो स्वर्णकार सुपर सिक्स क्रिकेट: उपाधि विश्वकर्मा युवा समाजलाई

अर्थहवा

रूपन्देहीका ईट्टा उद्योग सङ्कटमा, बेमौसमी वर्षाले थप समस्या

  • ट्रेंडिंग
  • प्रतिक्रियाहरु
  • भर्खरको पोष्ट

लुम्बिनी वाटर पार्क बैशाख १५ बाट सञ्चालनमा आउने

भारतीय ट्रकको चामल लुटेर चालककै हत्या ४ जना पक्राउ

छिटै निको हुनेछुः आयुषा

रुपन्देहीमा मंगलवारबाट सार्जजनिक यातायात चल्ने, पसलहरु खुल्ने समय अबधि बढ्ने

आज माता तिर्थ औंशी

0

एभरेष्ट बैंकको प्रधान कार्यालय सिल

0

सुनको भाउ एक लाख दुई हजार पाँच सय पुग्यो

0

रोड दुर्घटनामा परेका अफगानिस्तान ओपनर नजिबको निधन

0

आज माता तिर्थ औंशी

मारवाडी सेवा सङ्घ भैरहवाको अध्यक्षमा श्रवण

पत्रकारलाई दुर्व्यवहार र आक्रमणको प्रयास गर्ने यादव पक्राउ

‘मेरो व्यवसाय’ : खाद्य सामाग्री को खरीद बिक्री

हाम्रो बारेमा

 

श्री न्यूज ओके नेपाल डट कम भैरहवा र वरपरका क्षेत्रका विभिन्न समाचारहरु पाठकहरुमाझ ल्याउने उद्देश्यले सञ्चालनमा ल्याइएको हो । यस क्षेत्रका आर्थिक, सामाजिक, पर्यटन, शिक्षा, खेलकुद, संस्कृति लगायतका विषयलाई यो अनलाइनले प्राथमिकता दिनेछ । समाजमा भएका राम्रा पक्षको समाचार माध्यमबाट प्रवद्र्धन र गलत पक्षको कामको समाचारको माध्यमबाट निरुत्साहित गर्दै स्वच्छ समाज निर्माणमा समाचारको माध्यमबाट लाग्ने छौं ।

सम्पर्क

 

ठेगाना : सिद्धार्थनगर – ८, भैरहवा, रुपन्देही
सम्पर्क न : 9857062352
इमेल : newsok52@gmail.com

श्री न्युज ओके डट कमका लागि

पोर्ट मिडिया प्रा.लि.
कम्पनी दर्ता नं. १५३१७२/०७३/०७४
अध्यक्षः विमल सेन्चुरी
प्रवन्ध निर्देशकः विक्रम मल्ल
प्रवन्ध सञ्चालकः राजकुमार गुप्ता
सञ्चालकः
खेमराज भुषाल
सीता केसी
जमुना गिरी
प्रेमराज शर्मा
विकाश नारायण श्रेष्ठ
रियाज वारिश

हाम्रो टिम

सम्पादकः मनोरञ्जन शर्मा


ग्राफिक्स :
कमल परियार / के डिजाइनर
व्यवस्थापकः सरिता सापकोटा
कार्यालय सहायकः सन्तोष भुज
बजार प्रतिनिधीः केशव यादव

सम्वाददाताः
हनुमान पाण्डेय, कपिलवस्तु
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2020 श्री न्युज ओके | Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper

© 2020 श्री न्युज ओके | Design By :- Hari Karki

Welcome Back!

OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?