• मुख्य समाचार
  • फाेटाे फिचर
  • मौसम
  • सम्पादकीय
Monday, May 12, 2025
श्री ओके न्युज
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper
No Result
View All Result
श्री ओके न्युज
No Result
View All Result

सुरक्षा र आरोपी पक्राउको माग गर्दै पत्रकारहरु आन्दोलनमा

मनाेरञ्जन शर्मा by मनाेरञ्जन शर्मा
११ बैशाख २०८२, बिहीबार १५:४९
1 min read
5 0
5
SHARES
10
VIEWS

श्रीन्यूज ओके रिपोर्टर


भैरहवा – सुरक्षा र आरोपी पक्राउको माग राख्दै रूपन्देहीका पत्रकार बिहिबार देखि चरणबद्ध आन्दोलनमा उत्रिएका । यस अघि जिल्ला प्रशासन कार्यालय रूपन्देहीमा अल्टिमेटम दिदै पत्रकारहरुले आरोपीलाई पक्राउ गरि कारवाहीको दायरामा ल्याउन माग गरेका थिए ।

 

आफ्नो मागहरुबारे प्रशासन गम्भिर नभएको जनाउदै भैरहवा स्थित लुम्बिनी प्रेस क्लबले बुधबार चरणवद्ध आन्दोलनको कार्यक्रम घोषणा गरेको थियो । घोषित कार्यक्रम अनुसार आज बिहीबार जिल्ला प्रशासन कार्यालय रूपन्देहीमा एक घण्टा धर्ना प्रदर्शन गरेको छ । पहिलो चरणको आन्दोलन अन्र्तगत पहिलो दिन धर्ना दिने, दोश्रो दिन सबै पत्रकार धर्ना दिनुको साथै हातमा कालो पट्टि बाँधेर काम गर्ने र तेश्रो दिन आईतबार सञ्चार सामाग्री प्रदर्शन गर्दै पेनडाउन गर्ने सम्मको कार्यक्रम तय गरिएको लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल रायमाझीले जानकारी दिए । पहिलो चरण आन्दोलन अन्र्तगत पनि प्रशासनले माग पुरा नगरे सोमबार देखि अझ शसक्त आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरिने रायमाझीले बताए ।

 

यसै बिच नेपाल पत्रकार महासंघको केन्द्रिय अध्यक्ष निर्मला शर्माले रूपन्देहीको पत्रकारहरुको आन्दोलन केन्द्रिय समितिको आन्दोलनको रुपमा रहेको बताइन । उनले आरोपी पक्राउ नपरे सम्म कुनै पनि हालतमा आन्दोलन नरोकिने र आवश्यक परे यसलाई केन्द्रसम्मै पु¥याइने बताइन । “आज लोकतन्त्र दिवस समेत हो, यो दिन एउटा पत्रकारको न्यायको लागि जिल्ला प्रशासन कार्यालयमा उभिनु दुखद हो ।” शर्माले भनिन “अहिले हामी सुरेश रजकको न्यायको लागि पनि आन्दोलनमा छौं त्यस्तो अवश्थामा पत्रकारमाथी आक्रमण गर्ने पक्राउ नपरे यसले आन्दोलनको अर्को रुप लिनेमा सचेत गराउन चाहन्छु ।” उनले पत्रकारको फुटेज डिलिट गराउननु पत्रकारले मिडियामा दिने कन्टेन्ट नै असर पर्ने हुदा यस यो विषय सामान्य नभएको उनको जिकिर थियो ।

 

यस्तै नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाईले प्रहरीकै उपस्थितिमा भिडियो डिलिट गर्न लगाउनु र हिरासतबाटै तस्कर भगाउनुले प्रहरी र तस्करको सम्बन्धबारे स्पष्ट पारेको बताए । उनले आरोपीलाई पक्राउ गरि कारवाही गर्नु नै पत्रकारहरुको एकसुत्रिय माग रहेको स्पष्ट पारे ।

 

रूपन्देहीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले प्रशासनले यो घटनालाई गम्भिरतापूर्वक लिएको बताए । उनले लापरवाही गर्ने प्रहरी अधिकृतहरुलाई स्पष्टिकरण सोधिएको र आरोपीलाई पक्राउ गर्न पक्राउ पूर्जि समेत जारी भइसकेको बताए । “आरोपी भारतमा गएर लुकेका छन्, हामीले भारतीय प्रहरी संग समन्वय गरि पक्राउ गर्न टोलीहरु खटाएका छौं ।” प्रजिअ घिमिरेले भने “घटनालाई किनारा लगाउन हामीले कुनै प्रकारको ढिलाई गरेका छैनौं ।”

 

प्रजिअ घिमिरेले प्रहरी हिरासतबाट आरोपी भाग्नुले प्रहरीको कमजोरी देखिएकोले यसमा दोषी देखिने प्रहरीलाई पनि कारवाही गर्ने आश्वासन दिएका छन् । प्रजिअ घिमिरेले पत्रकारहरुलाई आश्वस्त पार्न खोजे पनि पत्रकारहरुले प्रहरी प्रति अब विश्वास गर्ने वातावरण नरहेको भन्दै आन्दोलन नरोकिने स्पष्ट पारे ।

 

लुम्बिनी प्रेस क्लवका निवर्तमान कोषाध्यक्ष,उज्यालो संदेशका सम्पादक एवं एपिवान टिभीका लुम्बिनी ब्युरोप्रमुख राधेश्याम विश्वकर्मा  सोमबार कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारी सहितको प्रतिनिधि सभा कृषि सहकारी तथा प्राकृतिक श्रोत समितिको अनुगमनको समाचार संकलन जाने क्रममा मर्चवारकै दिपेश यादव नाम बताउने युवाको समूहले दुव्र्यवहार गरेको थियो । बाटोमै भईरहेको अवैध ओसार प्रसारको भिडियो खिच्ने क्रममा यादव सहितको टोलीले विश्वकर्माको क्यामेरा, मोटरसाईकलको साँचो, पत्रकार परिचय पत्र खोसेर उनलाई पनि केही बेर नियन्त्रणमा राखेको थियो । पछि प्रहरी आए पछि प्रहरीकै अगाडी क्यामेरामा भएको दृश्य उक्त समूहले मेटाउन लगाएको थियो ।

 

यस विषयमा पत्रकार विश्वकर्माले ईलाका प्रहरी कार्यालय मझगावामा जानकारी गराए पछि प्रहरीले घटनामा संलग्न दिपेश यादवलाई पक्राउ गरेको थियो । सोही दिन पक्राउ गरेको आरोपी यादवलाई ईलाका प्रहरी कार्यालय मझगावाबाट नै भगाईएको थियो ।

 

सोही विषयलाई लिएर अहिले लुम्बिनी प्रेस क्लब आन्दोलनमा होमिएको छ । क्लबको आन्दोलनमा नेपाल पत्रकार महासंघ, केन्द्रिय समिति लगायत विभिन्न पेशागत संग संगठनहरुले ऐक्यवद्धता जनाएका छन् ।

 

Facebook प्रतिक्रियाहरु

मनाेरञ्जन शर्मा

Share this:

  • Facebook
  • X

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
मनाेरञ्जन शर्मा

मनाेरञ्जन शर्मा

Related Posts

समाचार

आज माता तिर्थ औंशी

भैरहवा वरपर

मारवाडी सेवा सङ्घ भैरहवाको अध्यक्षमा श्रवण

समाचार

पत्रकारलाई दुर्व्यवहार र आक्रमणको प्रयास गर्ने यादव पक्राउ

अर्थहवा

‘मेरो व्यवसाय’ : खाद्य सामाग्री को खरीद बिक्री

खेलकुद

श्री दाउन्ने ओशो स्वर्णकार सुपर सिक्स क्रिकेट: उपाधि विश्वकर्मा युवा समाजलाई

अर्थहवा

रूपन्देहीका ईट्टा उद्योग सङ्कटमा, बेमौसमी वर्षाले थप समस्या

  • ट्रेंडिंग
  • प्रतिक्रियाहरु
  • भर्खरको पोष्ट

लुम्बिनी वाटर पार्क बैशाख १५ बाट सञ्चालनमा आउने

भारतीय ट्रकको चामल लुटेर चालककै हत्या ४ जना पक्राउ

छिटै निको हुनेछुः आयुषा

रुपन्देहीमा मंगलवारबाट सार्जजनिक यातायात चल्ने, पसलहरु खुल्ने समय अबधि बढ्ने

आज माता तिर्थ औंशी

0

एभरेष्ट बैंकको प्रधान कार्यालय सिल

0

सुनको भाउ एक लाख दुई हजार पाँच सय पुग्यो

0

रोड दुर्घटनामा परेका अफगानिस्तान ओपनर नजिबको निधन

0

आज माता तिर्थ औंशी

मारवाडी सेवा सङ्घ भैरहवाको अध्यक्षमा श्रवण

पत्रकारलाई दुर्व्यवहार र आक्रमणको प्रयास गर्ने यादव पक्राउ

‘मेरो व्यवसाय’ : खाद्य सामाग्री को खरीद बिक्री

हाम्रो बारेमा

 

श्री न्यूज ओके नेपाल डट कम भैरहवा र वरपरका क्षेत्रका विभिन्न समाचारहरु पाठकहरुमाझ ल्याउने उद्देश्यले सञ्चालनमा ल्याइएको हो । यस क्षेत्रका आर्थिक, सामाजिक, पर्यटन, शिक्षा, खेलकुद, संस्कृति लगायतका विषयलाई यो अनलाइनले प्राथमिकता दिनेछ । समाजमा भएका राम्रा पक्षको समाचार माध्यमबाट प्रवद्र्धन र गलत पक्षको कामको समाचारको माध्यमबाट निरुत्साहित गर्दै स्वच्छ समाज निर्माणमा समाचारको माध्यमबाट लाग्ने छौं ।

सम्पर्क

 

ठेगाना : सिद्धार्थनगर – ८, भैरहवा, रुपन्देही
सम्पर्क न : 9857062352
इमेल : newsok52@gmail.com

श्री न्युज ओके डट कमका लागि

पोर्ट मिडिया प्रा.लि.
कम्पनी दर्ता नं. १५३१७२/०७३/०७४
अध्यक्षः विमल सेन्चुरी
प्रवन्ध निर्देशकः विक्रम मल्ल
प्रवन्ध सञ्चालकः राजकुमार गुप्ता
सञ्चालकः
खेमराज भुषाल
सीता केसी
जमुना गिरी
प्रेमराज शर्मा
विकाश नारायण श्रेष्ठ
रियाज वारिश

हाम्रो टिम

सम्पादकः मनोरञ्जन शर्मा


ग्राफिक्स :
कमल परियार / के डिजाइनर
व्यवस्थापकः सरिता सापकोटा
कार्यालय सहायकः सन्तोष भुज
बजार प्रतिनिधीः केशव यादव

सम्वाददाताः
हनुमान पाण्डेय, कपिलवस्तु
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2020 श्री न्युज ओके | Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper

© 2020 श्री न्युज ओके | Design By :- Hari Karki

Welcome Back!

OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?