श्रीन्यूज ओके रिपोर्टर
भैरहवा – भैरहवाका पत्रकार राधेश्याम बिस्वकर्मा लाई र दुर्व्यवहर र कुटपिटको प्रयास गर्ने दिपेस यादवलाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ ।
यादवलाइ बिहिबार लुम्बिनीको ककरहवा नाकाबाट पक्राउ गरिएको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी सुरज कार्कीले जानकारी दिए ।
दिपेश यादव सहित उनको समूहले पत्रकार बिश्वकर्मालालाइ समाचार संकलनको क्रममा दुर्ब्यवहार र आक्रमणको प्रयास गरेका थिए । विश्वकर्माले अभद्र व्यवहार गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए ।
मर्चवार प्रहरीले नियन्त्रणमा लिए फरार भएका यादवआइ अन्तत: प्रहरीले पक्राउ गरेको छ।
यादवलाइ पक्राउ गर्न र दोषीको माग सहित लुम्बिनी प्रेस क्लब र नेपाल पत्रकार महासंघले जिल्ला प्रशासन कार्यालयमा २४ घण्टे अल्टिमेटम सहित ज्ञापनपत्र दिएका थिए ।
सो समयमा पनि यादव पक्राउ नपरेपछी पत्रकारहरुले आन्दोलनको घोषणा गर्दै जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएका थिए । धर्ना कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष निर्मला शर्मा, वरिष्ठ पत्रकार हरि बहादुर थापा, तिर्थ कोइराला, उज्वल शर्मा, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाइ लगायत पेशागत संघ संगठनहरुले ऐक्यबद्धता जनाएका थिए ।
Get real time update about this post categories directly on your device, subscribe now.