श्रीन्यूज ओके रिपोर्टर
भैरहवा
मङ्सिर महिना विवाहको लगन भएको महिना हो । यो महिनामा मौसम पनि राम्रो हुने हुँदा विवाहको लागि राम्रो महिना मानिन्छ । यो महिनामा १६, २१, २२ र २६ गते विवाहका लगन रहेका छन् । विवााहमा अन्य पक्ष जस्तै पुष्प व्यवसायको पनि राम्रो व्यापार हुन्छ । विशेष गरेर जन्ती जाने मोटरकार सजाउने काममा फुलहरुको बढी प्रयोग हुने हुँदा पुष्प व्यवसाय राम्रो हुने गर्दछ ।
आज मङ्सिर २२ गते पनि विवाह लगन रहेको छ । विहानै भैरहवाको मैत्री पथ क्षेत्रमा दुलाहा चढ्ने मोटरकार सजाउन पुष्प व्यवसायीहरुलाई भ्याई–नभ्याई थियो । व्यवसायीका अनुसार एउटा कार फुलमालाले सजाउदा कम्तिमा २ हजार रुपियाँदेखि २० हजार रुपियाँसम्म र त्यो भन्दा माथी प्रयोग भएको फुलको अवस्था हेरेर मूल्य तय हुन्छ ।
कार सजाउँदै गरेको अवस्थामा श्रीन्यूज ओकेले खिचेका तस्वीरहरु प्रस्तुत छ ।
Get real time update about this post categories directly on your device, subscribe now.