- लुम्बिनी ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमणले गर्दा सबै क्षेत्र प्रभावित भएको छ । बुद्धजन्मस्थल लुम्बिनी पनि यसबाट अछुतो रहेन् । जेठ १२ गते बुधवार २५६५ औं बुद्धजयन्ती हो । गत वर्ष देखिनै बुद्धजयन्तीको कार्यक्रम कोरोनाको कारणले प्रभावित भएको छ । यसवर्ष पनि प्रभावित भएको छ ।
कोरोना भाइरस संक्रमण र जोखिमका कारण यो वर्ष पनि बुद्धजयन्ती सामान्य रुपमा मनाइने भएको छ । बिहान ७ बजे मायादेवी मन्दिर परिसरमा लुम्बिनी उपस्थित बौद्ध भिक्षुहरुबाट अशोक स्तम्भ अघि सामान्य पूजा पाठ, दिउँसो ११ बजे वृक्षारोपण र बेलुका २५६५ वटा द्विप प्रज्ज्वलन गर्ने कार्यक्रम रहेको लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले बताउनु भएको छ ।
कोरोना भाइरसको कारण ज्यान जोगाउनेहरुलाई स्मरण गर्दै साथै उपचाररथ बिरामीहरु, सेवारथ चिकित्सक, नर्स, स्वास्थय प्राविधिक लगायतको सम्मानमा द्विप प्रज्ज्वलन हुने शाक्यले बताए । कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल उपस्थित हुने जनाइएको छ । तस्बिरमा बुद्धजयन्तीको पूर्व सन्ध्यामा बुद्धजन्मस्थल लुम्बिनीका केही तस्वीरहरुः
Get real time update about this post categories directly on your device, subscribe now.