- भैरहवा ।
बेलहिया–बुटवल ६ लेन सडकखण्ड अन्तर्गत भैरहवा क्षेत्रमा पनि सडक बत्तीहरु जडान भएर बल्न थालेका छन् । सिद्धार्थनगर नगरपालिकाको अञ्चलपुरदेखि बेलहियासम्म सडकको बीच भागमा राखिएको बत्तीले शहरको रात्रीकालिन सौन्दर्यता बढाएको छ । हाललाई पुरानो सोलार लाइट जडान नभएको स्थानमा सडक बत्ती राखिएको छ भने सोलार लाइट भएको स्थानमा पनि त्यसलाई विस्थापित गरी सडक बत्ती राख्ने क्रम सुरु भएको छ ।
सडक बत्ती बल्दा रात्रीको समयमा शहरको मुख्य सडक मार्ग विदेश जस्तो देखिएको छ । सडक बत्ती बलेपछि फोटो खिच्न आउने, टिकटक बनाउनेहरु पनि बढेका छन् ।
हाम्रा फोटोपत्रकार शम्भु पन्तले बुद्धचोक, बर्मेलीटोल क्षेत्रमा पानी पर्दा खिचिएका तस्वीरहरु पाठकका लागि राखेका छौं ।
Get real time update about this post categories directly on your device, subscribe now.