- भैरहवा ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । आईसीबी वान अन्तर्गत पूर्वाधार निर्माण तथा उपकरण जडानका सबै काम सम्पन्न भएका छन् । टर्मिनल भवन भित्र एसी परीक्षण र फर्सिलिङ्गको काम बाँकी छ । आईसीबी टु अन्तर्गत उडान–अवतरण प्रयोग हुने सूचना सम्बन्धी सबै उपकरणहरु जडान भइसकेका छन् । अब क्यालिब्रेशन फ्लाइट मात्र बाँकी छ । क्यालिब्रेशन फ्लाइट भनेको उडान तथा अवतरण गर्ने क्रममा उपकरणहरुले काम गरेको नगरेको पत्ता लगाउने हो ।
विमानस्थलको केही तस्वीरहरु पाठकहरुका लागि प्रस्तुत गरेका छौं ।
Get real time update about this post categories directly on your device, subscribe now.