काठमाडौं, इन्डियन प्रिमियर लिग (आइपिएल) आइतबारको दोस्रो खेलमा दिल्ली क्यापिटल्सले मुम्बई इन्डियन्सलाई १ सय ६३ रनको चुनौती पेस गरेको छ । युएईको शेख जायद स्टेडियम आबूधाबीमा टस जितेर ब्याटिङ रोजेको दिल्लीले २० ओभरमा ४ विकेटको क्षति १ सय ६२ रन बटुलेको हो । दिल्लीका लागि ओपनर शिखर धवनले अर्ध शतक बनाए । ५२ बलमा ६ चौका र १ छक्कासहित उनी ६९ रनमा अविजित रहे ।
ओपनर पृथ्वी शालाई ४ रनमा गुमाएको दिल्लीले अजिंक्या रहाणेबाट १५ रनको मात्र योगदान दिन सक्यो । कप्तान श्रेयस ऐर र धवनबीच ८५ रनको साझेदारी रह्यो । ऐर ४२ रनमा पेभिलिएन फर्किए भने मार्कस स्टोइनिस १३ रनमा रन आउट भए ।डेब्यु खेल खेलेका विकेटकिपर एलेक्स केरी ९ बलमा १४ रनमा अविजित रहे । यस्तै मुम्बईका लागि क्रुनाल पान्ड्याले २ विकेट लिए भने ट्रेन्ट बोल्टको नाममा खर्चेर १ विकेट रह्यो ।
Get real time update about this post categories directly on your device, subscribe now.