काठमाडौं, स्पेनका टेनिस खेलाडी रफायल नाडालले फ्रेन्च ओपनमा नयाँ इतिहास रचेका छन् । फ्रेन्च ओपन टेनिसको फाइनलमा नम्बर वान खेलाडी नोभाक चोकोभिकलाई नाडालले सीधा सेटमा ६–०, ६–२ र ७–५ ले हराए । योसँगै नाडालले १३ औं पटक यो ट्रफी हात पारे । यो नाडालको २० औं ग्राण्डस्लाम उपाधि हो ।
यसको साथै नाडालले रोजर फेडेररसँग बराबरीसमेत गरे । म्याच जितेपछि नाडाल घुँटा टेकेर बसे र हात उठाए जितको खुसी मनाएका थिए । उपाधि जितेपछि नाडालले भने, ‘हामी दुई जना धेरै पटक प्रतिस्पर्धामा उत्रिएका छौं । एक दिन एउटाले र अर्को दिन अर्कोले जित्छ । आज मेरो दिन थियो । यो खेलको एक हिस्सा हो ।’
Get real time update about this post categories directly on your device, subscribe now.