पावर लिफ्टिङको अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन नेपाली टोली भारतको नागपुर तर्फ प्रस्थान गरेका छन् ।
भारतको नागपुर अमरावतिमा डिसेम्बर ४ देखि ७ सम्म (मंसिर १८ देखि २२) सम्म एम्याचोर पावर लिफ्टिङ फेडरेशन अफ इण्डियाको आयोजनामा हुने प्रतियोगितामा सहभागिता जनाउन १ महिला र चार पुरुष गरी ५ खेलाडी स्थलनाका भैरहवा हँुदै भारत तर्फ प्रस्थान गरेका हुन् ।
प्रतियोगितामा महिला तर्फ ५५ केजी तौल समूहमा श्रुती कार्की (सुर्खेत) तथा पुरुष खेलाडीहरुमा ७५ केजी तौल समूहमा कास्कीका सुजन आले मगर, ८० केजी तौल समूहमा स्याङ्गजाका हसन गुरुङ , ९० केजी तौल समूहमा भक्तपुरका राजेश सुवाल र १०० केजी तौल समूहमा कास्कीका आशिष आलेले प्रतिष्पर्धा गर्नेछन् ।
टिमसँगै एशिया पावर लिफ्टिङ फेडरेशनका उपाध्यक्ष जीवन गिरि र अन्तर्राष्ट्रिय पावर लिफ्टिङ संघका उपाध्यक्ष केदारमान स्थापित प्रस्थान गरेका छन् । बिभिन्न जिल्लामा आन्तरिक रुपमा छनौट गरी पहिलो पटक प्रतियोगितामा सहभागिता जनाउन जान लागेको टिम लिडर समेत रहेका स्थापितले बताए ।
कोरोना संक्रमण र जोखिमकै समयमा अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले कार्तिक महिनामा बङ्गलादेशमा फुटबल प्रतियोगितामा सहभागिता जनाएको थियो । इन्डोर खेलमा यो पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता हो । हाम्रा खेलाडीहरुले कोरोना भाइरस संक्रमण र जोखिमका बावजुद आफुलाई पायक पर्ने स्थान, क्लबमा गएर नियमित रुपमा प्रशिक्षण गरिरहनु भएको र आत्मविश्वास पनि बलियो रहेकोले पदकको अपेक्षा गरिएको टिमका प्रशिक्षक समेत रहेका जीवन गिरिले बताए ।
नेपाली टिम बुधबार बिहान गोरखपुर (भारत) बाट रेलयात्रा मार्फत नागपुर तर्फ प्रस्थान गरेका छन् । खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई सिमानाका बेलहिया भैरहवामा जापान गोजुरियो कराते डो मिशन, रुपन्देही जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघ तथा फिटनेस तथा जिम व्यबसायी संघ रुपन्देही, बेलहिया गाउँ समाज, लुम्बिनी खुकुरी क्लब लगायतका सस्थाले बिदाई गरे । उनिहरुलाई भैरहवा भन्सार कार्यालयका कार्यबाहक प्रमुख बलराम भण्डारी, जापान गोजुरियो कराते डो मिशनका अध्यक्ष काजि राना, शारीरिक सुगठन तथा फिटनेस संघ नेपालका केन्द्रीय सदस्य शिव ध्वज राई देवान, लुम्बिनी खुकुरी क्लबका अध्यक्ष राम बहादुर बस्नेत, फिटनेस तथा जिम व्यवसायी संघ रुपन्देहीका अध्यक्ष विजेन्द्र मान श्रेष्ठ लगायतले फुलमाला खादा लगाई बिदाई गर्दै उत्कृष्ट प्रदर्शनका लागि शुभकामना दिएका छन् ।
Get real time update about this post categories directly on your device, subscribe now.