- काठमाडौं
नेपाल भलिबल संघले भलिबल क्लवहरु संग बुधवार छलफल गर्दै संघमा मात्र नभई अन्य आवश्यक निकायहरुमा पनि दर्ता गरी खेल कृयाकलाप अघि बढाउन आग्रह गरेको छ ।
भलिबल संघमा दर्ता भए पनि क्लवहरु आन्तरिक राजस्व कार्यालय लगायत अन्य सरोकारवाला निकायमा दर्ता गरी खेल लगायतका अन्य नियमित कृयाकलाप गर्नु पर्ने मा दर्ता नगरी संचालन भईरहेको क्लबलाई कानुनी दायरामा ल्याउन पहल सुरु गरेको हो ।नेपाल भलिबल संघमा क्लव दर्ता गरेर मात्र नहुने र क्लब दर्ता पछि आन्तरिक राजस्व कार्यालय, लगायतका बिभिन्न निकायमा पनि दर्ता हुन जरुरी रहेको छ, यसरी संघमा दर्ता भएका तर सरकारी अन्य निकायमा दर्ता नगरी संचालन भईरहेको हुदा संघले उनिहरुलाई सरकारी निकायमा पनि दर्ता गराउन पहल सुरु गरेको नेपाल भलिबल संघकी उपाध्यक्ष निरोज मास्केले बताईन् । संघले काठमाण्डौ जिलाका भलिवल क्लबहरु संग बाट छलफल र पहल सुरु गरेको हो ।
मास्केकै नेतृत्वमा वुधवार काठमाण्डौका १० भलिवल क्लवहरु संग छलफल भएको थियो । छलफलमा राजस्व कार्यालय लगायतका सरोकारवाला निकायमा दर्ता नभएका क्लवहरुले आउने माघ महिना भित्र क्लव दर्ता गर्ने बताएको मास्केले बताईन् ।
क्लवहरु दर्ता भएर अघि बढेपछि अन्य सहयोगका लागी र व्यबसायिकताको हिसाबले पनि धेरै राम्रो हुन्छ ,त्यसैले पनि क्लवहरु दर्ता हुन जरुरी छ, उपाध्यक्ष मास्केले भनिन ।
कर कार्यालय लगायतका निकायमा बिना दर्ता सञ्चालनमा रहेका क्लवहरुलाई दर्ता प्रकृयामा ल्यााउन नेपाल भलिबल संघको बैठकले उपाध्यक्ष मास्केको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको थियो ।जस्मा सदस्यहरु ऐनबहादुर शाही, मनवीर छत्याल, जितेन्द्र श्रेष्ठ र श्रीराम बोगटी छन् । संघले देशभरी सकृय रहेका भलिवल क्लवहरुलाई दर्ता गराउने लक्ष्य लिएको छ ।
Get real time update about this post categories directly on your device, subscribe now.