- भैरहवा
प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता (पुरुष) लुम्बिनी प्रदेश छनौट प्रतियोगिता अन्तरगत समुह क का खेलहरु भैरहवाको सिद्धार्थ रंगशालामा सुरु भएको छ ।
प्रतियोगिताको शुक्रवार नेपाल क्रिकेट संघका केन्द्रिय सदस्य तथा रुपन्देही जिल्ला क्रिकेट संघ अध्यक्ष प्रशान्त बिक्रम मल्लले उदघाटन गरे।
भैरहवामा सुरुको दिन उदघाटन खेलमा रुपन्देहीले नवलपरासीलाई १६३ रनले पराजित गरेको छ ।
टस जितेर व्याटिंग रोजेको रुपन्देहीले निर्धारीत ३८ ओभरको खेलमा ५ विकेट गुमाउदै २१३ रन बनाएको थियो । खराब प्रकाशका कारण खेल ढिलो सुरु भएकोले खेल ४०ओभरबाट घटाई ३८ ओभरको गरिएका थियो । रुपन्देहीका लागी सन्दिप सुनारले ५९ रन बनाए । उन्ले ६४ बलको सामना गर्दै ५ चौका र ३ छक्काको मद्धतले सो रन बनाएका थिए । त्यस्तै देव खनालले ४७ र प्रकाश केसीले ४४ रनको योगदान गरे भने सन्दिप रजाईलीले २६ रन बनाए ।
बलिंगमा नवलपरासीका अजित यादवले २ तथा जितेन्द्र साहनी, ईकलाख अहमद गया साहनीले समान १।१ विकेट लिए ।
प्रतिउत्तरमा २१४ रनको बिजयी लक्ष्य पाएको नवलपरासी२२ ओभर १ बलमै ५० रन बनाई सवै विकेट गुमाई हार व्यहोरयो । नवलपरासीका लागी सर्बाधिक रन अमर रसाईलिले १४ रन बनाए भने अन्यले दोहोरो अंकको रन बनाउन सकेनन् । ५ जना खेलाडीले शुन्य रन बनाए ।
नवलपरासीलाई सस्तैमा आउन गर्ने क्रममा बिक्रम भुषालले ५, नितेश थापाले ३ र अनिल खरेलले २ विकेट लिए । खेलमा रुपन्देहीका बिक्रम भुषाल म्यान अफ द म्याच भएका लुम्बिनी प्रदेश क्रिकेट संघका सचिब सञ्जय गुरुंगले बताए ।
नेपाल क्रिकेट संघ लुम्बिनी प्रदेशको आयोजनामा प्रतियोगिता सुरु भएका हो । प्रतियोगितामा शनिबार रुपन्देही र कपिलबस्तु बिच खेल हुनेछ। समुह क अन्तरगत रुपन्देही, पाल्पा, कपिलबस्तु, नवलपरासीका खेलहरु भैरहवामा सुरु भएको हो ।
समुह ख मा बाके, दांग र बर्दिया जिल्ला छन् । समुह ख को खेलहरु दांगको देउखुरीमा पुष २६ बाट हुनेछ । फाईनल खेल माघ १ गते भैरहवामा हुनेछ।
Get real time update about this post categories directly on your device, subscribe now.