- श्रीन्यूज ओके रिपोर्टर
भैरहवा
प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता लुम्बिनी प्रदेश स्तरीय खेल अन्तरगत पुरुष तर्फको छनौटमा रुपन्देही जिल्ला प्रादेशिक बिजेता बनेको छ।बिहीबार सिद्धार्थ रंगशालामा भएको खेलमा बाँके जिल्ला लाई १०७ रनले पराजित गर्दै रुपन्देही प्रादेशिक बिजेता बनेको हो
रुपन्देहीले टस जितेर व्याटिंग गर्ने निर्णय गरेको थियो । निर्धारित ४० ओभरको खेलमा रुपन्देहीले ८ विकेट क्षतिमा १८७ रन बनाएको थियो । रुपन्देहीका संदीप रजालीले सर्वाधिक ८९ रन बनाए । प्रकाश केसीले ३५, कृष्ण कार्कीले १९ र विक्रम भुसालले १४ रनको योगदान गरे । बाँकेका अजय साहनी र आकाश विष्टले ३/३ तथा दीपेन्द्र राउत, सिद्धान्तराज साहीले १/१ विकेट लिएका थिए ।
जितका लागी रुपन्देहीबाट १८८ रनको लक्ष्य पाएको बाँके २६ दशमलब ३ ओभरमा सबै विकेट गुमाएर ८० रनमै समेटियो । रमेश सिंहले १९ र सुविन्द्र पाण्डेले १० रन बनाए पनि अन्य खेलाडीले एकल अंकको रन भन्दा माथि निस्कन सकेनन् ।
बाँकेको ईनिंग ध्वस्त गर्ने क्रममा अनिल खरेलले ५ विकेट लिएका थिए भने नितेश थापाले २, धिरज साही, कृष्ण कार्की र दुर्गेश गुप्ताले समान १/१ विकेट लिए । रुपन्देहीका संदीप रजाली म्यान अफ द फाइनल भई ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे भने रुपन्देहीकै विक्रम भुसाल म्यान अफ द सिरीज भई १० हजार रुपैयाँ प्राप्त गरे । विजेता र उपविजेता टिमलाई नेपाल क्रिकेट संघका पूर्व केन्द्रिय सदस्य युवा कृषी उद्यमी आशा गुरुङ लगायतले ट्रफी र प्रमाणपत्र प्रदान गरेका थिए । प्रतियोगिता अवधी भरमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीहरुबाट छनौट गरी लुम्बिनी प्रादेशिक टिम बनाईने प्रदेश सचिब सञ्जय गुरुंगले बताए । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटका माघ ३ गतेबाट काठमाण्डौमा आयोजना हुदैछ ।
Get real time update about this post categories directly on your device, subscribe now.