श्रीन्यूज ओके रिपोर्टर
काठमाण्डौ
लुम्बिनी प्रदेशले काठमाण्डौमा जारी प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।आफनो पहिलो खेलमा लुम्बिनी प्रदेशले मंगलबार किर्तिपुर स्थित त्रिभुवन विश्वबिद्यालयको क्रिकेट मैदानमा प्रदेश दुई लाई ७७ रनले हराउदै विजयी सुरुवात गरेको हो ।
टस जितेर पहिला ब्याटिङ रोजेको लुम्बिनीले ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ५७ रनको गोगफल बनाएको थियो । लुम्बिनीको जितमा सन्दीप रजालीले १ सय ७ बलमा ११ चौका सहित सर्वाधिक ८३ रनको योगदान गरे । उनि म्यान अफ द म्याच भए । त्यसै गरी सौरभ खनालले ६४ बलमा ५ चौका र ३ छक्का सहित ५६ रन बनाएर आउट भएका थिए ।
विक्रम भुषाल ३८ बलमा ३ छक्का सहित ३६ रन बनाए भने कृष्ण कार्की १०, अनिल खरेल ६ र अमित तामाङले ११ रनको योगदान दिए । प्रदेश २ का हरिशंकर शाहले १० ओभरमा ४८ रन खर्चेर ३ विकेट लिए । दिब्यान्सु मलिकले १० ओभरमा १ मेडन सहित ४५ रन खर्चेर २ विकेट लिए । सैफुल्लाह अन्सारी, कुमार थापा र विशाल शुश्लिङले १–१ विकेट लिए ।
लुम्बिनीबाट जितका लागि पाएको २ सय ५८ रनको लक्ष्य पछ्याउने क्रममा प्रदेश दुई ४२ ओभर ४ बलमा ओभरमा १ सय ८० रनमा अल आउट भयो । बिवेक यादवले ४९ बलमा ३ चौका र ३ छक्का सहित सर्वाधिक ५१ रनको योगदान दिए । सुधिर चौधरीले ७५ बलमा ३ चौका र १ छक्का सहित ४२ रनमा आउट भए । हरिशंकर शाह २२ र महबुब आलम ३१ रनमा आउट भए । अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन बनाउन सकेनन् ।
लुम्बिनीका अनिल खरेलले १० ओभरमा २ मेडन सहित २९ रन खर्चेर ४ विकेट लिए । बिक्रम भुषाल र दीपेन्द्र रावतले २–२ विकेट लिए । कृष्ण कार्की र अमित तामाङले १–१ विकेट लिए ।लुम्बिनी प्रदेशले दोस्रो खेल बिहिबार पुलिस क्लव सँग खेल्ने छ ।
Get real time update about this post categories directly on your device, subscribe now.