- भैरहवा ।
रुपन्देही क्रिकेट संघको आयोजनामा आजबाट सिद्धार्थ रंगशाला भैरहवामा नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिता हुदैछ । प्रतियोगिता ५०–५० ओभरको हुनेछ । फागुन २९ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा रुपन्देहीका क्रिकेटमा ए डिभिजनमा रहेका ८ क्लवहरु र बि डिभिजनका १२ गरी २० टिमले सहभागिता जनाउने संघका अध्यक्ष प्रशान्त विक्रम मल्लले बताए ।
पहिलोचरणमा बि डिभिजनका क्लवहरु बिच खेल हुनेछन् । बि डिभिजनबाट ४ उत्कृष्ट टिम ए डिभिजनमा प्रबेश पाउने र दोश्रो चरणको खेलमा सहभागि हुने छन्। दोश्रो चरणमा १२ टिम बिच सुपर लिग हुनेछ ।
प्रतियोगितामा ए डिभिजनका क्लवहरु देवदह क्रिकेट युनिट, न्यू होराइजन क्रिकेट क्लव, बुटवल ११, तिरुपति क्लव, लुम्बिनी खुकुरी क्लव, बुद्ध स्पोटर््स, जिआर र एमसीसी क्रिकेट क्लब तथा बी डिभिजनका शंकर नगर क्रिकेट क्लब, ज्ञानोदय, बुटवल राइनोज, वेष्टर्न, गोलपार्क, बुटवल युथ, साई ग्लोबल, तिलोत्तमा, लुम्बिनी कासाई, सैनामैना, प्रोफेसनल मास्र्टस, स्टार क्रिकेट क्लब सहभागी छन्
प्रतियोगिताको विजेताले ८० हजार रुपैयाँ र ट्रफी तथा उपविजेताले ४० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन् । यस्तै, म्यान अफ द सिरिजलाई १५ हजार, बेष्ट ब्याट्सम्यान, बेष्ट बलर र उदयीमान खेलाडीलाई ५/५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने संघका सचिव संजय गुरुङले बताए । साथै प्रत्येक दिनको म्यान अफ द म्याचलाई १ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएका छन् ।
आजको खेलः
स्टार क्रिकेट क्लव र प्रोफेशनल मास्टर्श ११
Get real time update about this post categories directly on your device, subscribe now.