- भैरहवा ।
नेपाली क्रिकेटसँग भैरहवाको धेरै साइनो छ । भैरहवाले नेपाली क्रिकेटलाई धेरै खेलाडी दियो । उर्भर भूमि हो भैरहवा क्रिकेटको लागि । नेपाली क्रिकेटमा जमेको थियो भैरहवा । तर पछिल्लो समय भैरहवा क्षेत्रलाई धनगढी, पोखरा, नेपालगन्जले क्रिकेटमा उछिनी सकेका छन् । प्रतियोगिता कम र पूर्वाधार राम्रो नहुनु । बिचको समयमा रुपन्देही क्रिकेटमा राजनिति बढी भयो । पदका लागि । तर अहिले फेरी एक जुट भए जस्तै छ , विगत केही वर्ष देखि जिल्ला नेतृत्व लिएका प्रशान्त विक्रम मल्ल अध्यक्ष मात्रै होइन सफल व्यवस्थापक पनि हुन् । उनि नेपाल क्रिकेट संघका केन्द्रीय सदस्य पनि हुन् ।
क्रिकेट प्रतियोगिता आयोजना हुन नसक्नु विभिन्न कारण छन् । ति कारण मध्ये एक आर्थिक पनि हो । स्पोन्सर अभाव लगायतले प्रतियोगिता गर्न कठिन छ । तर प्रतियोगिताहरु जसरी पनि गर्नु पर्छ भन्ने हाम्रो सिङ्गो टिम रुपन्देही क्रिकेट संघको मान्यता रहँदै आएको छ । त्यसैको फलस्वरुप जिल्लामा विभिन्न प्रतियोगिताहरु संघले मात्र होईन, क्रिकेट क्लबहरु लगायत संघसस्थाले गर्दै आउन थालेका छन् र अहिले फेरी रुपन्देहीमा क्रिकेट पुरानै लयमा फर्किन थालेको छ, अध्यक्ष प्रशान्त बिक्रम मल्ल भन्छन् । अब त हामी अन्य कुरामा जस्तै क्रिकेटमा पनि मुट्ठी दान अभियान सुरु गरेका छौ, जसले प्रतियोगिता सञ्चालन गर्न जति दान दिनुहुन्छ स्वेच्छाले लिने गरेका छांै, अध्यक्ष मल्लले भने । यो मुठीदान कार्यले गर्दा प्रतियोगिता गराउन केही सहज हुने भएको छ ।
अहिले सिद्धार्थ रंगशालामा सञ्चालन भइरहेको रुपन्देही सुपरलिग क्रिकेटमा पनि धेरै मनकारीहरुले मुट्ठी दानका रुपमा नगद सहयोग उपलब्ध गरी प्रतियोगिता सफल गराउन मद्धत गरेको संघका सचिव सञ्जय गुरुङ्ग बताउछन् । अब क्रिकेट सञ्चालनमा मुट्ठी दानलाई अभियानकै रुपमा लग्नु पर्ने धारणा आएको उनिहरुको भनाई छ ।
क्रिकेटलाई प्रवद्र्धन गर्न उचाईमा पु¥याउन विगतमा जस्तै अहिले पनि सहयोग गरेको दानवीर राजु थापाले बताए । थापा जस्तै अर्जुन थापा, मनोरञ्जन शर्मा (न्यूज ओके सम्पादक), उत्सव पन्त (अमेरीका), आशा गुरुङ्ग, रमेश शाही (नेपालगन्ज), राहुल जुगेश, कोशिष खड्का, कस्तुरी मिष्ठान्न भण्डार, डा. शान्त कुमार शर्मा, लाल बहादुर अधिकारी, नेक्सस क्रिकेट एकेडमी, भरत शाही, दिपक भुर्तेल, दिपक शर्मा (अमेरिका), प्रेम कुमार सेन्चुरी, नेत्र आचार्य, धरमबिर शर्मा, बिनोद राज भण्डारी, पुनित पोखरेल, कैलाश रोक्का, सञ्जिव जोशी , राजु खड्का, लगायत रहेका छन् र दाताहरु आउने क्रममा छन् ।
दाताहरुले नगद, साथै क्रिकेट बल, ट्रफीहरु समेत दान गरेका छन्, यो कार्यले सबै उत्साहित भएको क्रिकेट संघका पूर्व केन्द्रीय सदस्य तथा दानवीर प्रेम कुमार सेन्चुरीले बताए । अहिलेको सुपरलिगको मुख्य प्रायोजक नेपाल टेलिकम हो । फागुन महिना भरी सुपरलिग हुनेछ । २० टिमको सहभागिता छ ।
Get real time update about this post categories directly on your device, subscribe now.