- भैरहवा
रोटरी ईन्टरनेशनल डे को अवसर पारी रोटरी क्लव अफ भैरहवाले ‘रोटरी हाफ म्याराथन २०७७’ यही फागुन २२ गते आयोजना गर्ने भएको छ ।
स्वास्थ्य, शिक्षा लगायत अन्य सामाजिक क्षेत्र संगै खेलकुदलाई पनि महत्व दिएको क्लवले अहिले हाफ म्याराथन आयोजना गर्न लागेको शनिबार पत्रकार सम्मेलन गरी आयोजक सस्थाका सस्थापक अध्यक्ष एवं प्रतियोगिता संयोजक राजकुमार गुप्ताले बताए ।
हाफ म्याराथनमा निर्धारित दुरी २१ दशमलब ०९७५ (२१.१ कि.मि.) लुम्बिनी प्रादेशिक अस्पतालको उत्तर ढोका (नेपालगञ्ज रोड) बाट सुरु भई सिद्धार्थ राजमार्गको शंकरनगर, मणिग्राम, कोटीहवा, पडसरी , अञ्चलपुर, बुद्धचोक, बर्मेलीटोल, नारायण स्थान पथ हँुदै सानु डिपार्टमेन्टल स्टोर चोकमा गएर समाप्त हुनेछ ।
प्रतियोगितामा प्रथम हुनेले १ लाख रुपैयाँ, दोश्रो हुनेले ७५ हजार, तेश्रो हुनेले ५० हजार रुपैयाँ र सान्त्वना पुरस्कार वापत दुईजनाले ५ हजार १ सय रुपैयाँ प्राप्त गर्नेछन् । महिला खेलाडी सहभागी भएर विजेता नभए पनि उत्कृष्ट ३ खेलाडीलाई नगद पुरस्कार सहित सम्मान गर्ने बताईएको छ ।
२०७३ साल मङ्सिरमा स्थापना भएको रोटरी क्लब अफ भैरहवाले स्वास्थ्य, शिक्षा, खेलकुद लगायतका क्षेत्रमा काम गर्दै आएको छ ।
पोलियो अन्त्य मुख्य उद्धेश्य हो । संस्थाले स्थापना कालदेखि नै माथि उल्लेखित क्षेत्रसँगै खेलकुद क्षेत्रमा पनि काम गर्दै आएका छौं ।
गत २ वर्ष अघि विश्व पोलियो दिवसको अवसरमा इण्ड पोलियो नारा सहित १२ के दुरीको दौड भैरहवामा सम्पन्न भएको थियो । दौडमा राष्ट्रिय स्तरका खेलाडी सहभागी थिए र सबैले इण्ड पोलियो लेखेको टिसर्ट लगाएका थिए ।
प्रतियोगिताको मुख्य प्रायोजकका रुपमा मारुति फुडपार्कको उत्पादन काठमाण्डांै गेट प्रिमियम बासमति राइस रहेको छ भने सह–प्रायोजकमा नेपाल अम्बुजा सिमेन्ट रहेको छ ।
सहभागी हुने सबै खेलाडीको लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी मार्फत २ लाख रुपैयाको बिमा गरिएको छ ।
प्रतियोगितामा देशैभरबाट कम्तिमा २ सय जना खेलाडी सहभागी हुने अनुमान आयोजकको छ । प्रतियोगितामा सहभागिता जनाउन ईच्छुक खेलाडीले फागुन २१ गते शुक्रबार बेलुका ५ बजे सम्म नाम दर्ता गराउन सक्ने आयोजक सस्था रोटरी क्लव अफ भैरहवाका अध्यक्ष शिवहरी शर्माले बताए ।
प्रतियोगिता आयोजक रोटरी क्लब अफ भैरहवा तथा सह आयोजकका रुपमा यस क्षेत्रका रोटरी क्लबहरु रोटरी क्लब अफ बुटवल, रोटरी क्लब अफ रुपन्देही, रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनी, रोटरी क्लब अफ बुटवल डाउनटाउन, रोटरी क्लब अफ बुटवल साउथ, रोटरी कलब अफ सेन्ट्रल बुटवल, रोटरी क्लब अफ लुम्बिनी सिद्धार्थनगर, रोटरी क्लब अफ सेन्ट्रल रुपन्देही र रोटरी क्लब अफ पाल्पा लुम्बिनी रहेका छन् भने यस क्षेत्रका रोट्रयाक्ट क्लबहरु र स्थानीय तहहरु बुटवल उप–महानगर पालिका, तिलोत्तमा नगर पालिका र सिद्धार्थनगर नगरपालिकाले पनि सहकार्य गर्नेछन् ।
प्रतियोगितालाई व्यवस्थित गराउन म्याराथनका किर्तिमानी धावक बैकुण्ठ मानन्धरको संयोजकत्वमा एक प्राविधिक कमिटी बनाइएको छ ।
जसका सदस्यहरु सबै अन्तर्राष्ट्रिय धावक रहेका छन् ।
चिकित्सक सहित मेडिकल टिम, एम्बुलेन्स, बिचमै दौड त्याग गर्ने खेलाडीको लागि चढ्ने साधन, दुरीका बिचमा कम्तिमा १ दर्जन बढी स्थानमा खेलाडीका लागि पिउने पानीको व्यवस्था, बाटो निर्देश गर्ने स्वयंसेवकहरु पनि हुनेछन् ।
लुम्बिनी –भैरहवा – बुटवल– तिलोत्तमा क्षेत्रमा खेलका माध्यमबाट पनि पर्यटन क्षेत्रमा टेवा पु¥याउने लक्ष्य प्रतियोगिताको एक पाटो हो भने कोरोना भाइरसले आक्रान्त पारेको समयमा अन्य क्षेत्रसंगै खेल क्षेत्रलाई पनि व्युताउने प्रयास रोटरी क्लब मार्फत हुन लागेको अर्को पाटो रहेको आयोजकले बताएका छन् ।
पत्रकार सम्मेलनमा किर्तिमानी धावक बैकुन्ठ मानन्धरले भैरहवा बुटवल लुम्बिनी क्षेत्रमा म्याराथन अहिले लोकप्रिय भएको जनाउदै सबै मिलेर सफल बनाउनु पर्नेमा जोड दिए । मुख्य प्रायोजक मारुति फुडपार्कका प्रबन्ध निर्देशक धिरज अग्रवाल सामाजिक सस्था रोटरी क्लवले खेलकुदको प्रबद्र्धन गर्न लागेको र त्यस्मा आफुहरुको पनि सहभागिता हुनु दायित्व भएको भन्दै मुख्य प्रायोजकको रुपमा आएको बताए ।
कार्यक्रममा खेलाडीले प्रयोग गर्ने मुख्य प्रायोजक, प्रायोजक, आयोजक र सहयोगी सस्थाहरुको नाम लोगो उल्लेखित टिसर्ट सार्बजनिक गरिएको थियो ।
Get real time update about this post categories directly on your device, subscribe now.