- भैरहवा ।
नेपाल इन्भेष्टमेन्ट बैंक लि.को ३५औं वार्षिकोत्सवको शुभ अवसरमा साइकल र्याली आयोजना हुने भएको छ । इन्भेष्मेन्ट बैंक लुम्बिनी प्रदेश कार्यालय तथा भैरहवा शाखा कार्यालयको आयोजनामा शुक्रबार विहान साइकल र्याली आयोजना गर्न गइरहेको नेपाल इन्भेष्टमेन्ट बैंक लुम्बिनी प्रदेश कार्यालयका प्रमुख रामराज शर्माले बताए । ‘यो प्रतियोगिता होइन, ¥याली हो र जो सुकैले सहभागिता जनाउन सक्नेछन, यसमा कुनै शुल्क लाग्दैन, स्वास्थ्यका लागि साइकल नारा तय छ,’ शर्माले भने ।
साइकल ¥यालीका लागि साइकल सिटी भैरहवाको सहकार्य रहेको छ । साइकल सिटीका अध्यक्ष सुर्यकुमार सारु मगरले प्रतियोगिता नभई जनचेतनामूलक रुपमा आयोजना हुन गइरहेकोले सबै साइक्लिष्टहरुलाई सहभागिताका लागि आग्रह गरेका छन् ।
¥यालीमा १ सय बढी सहभागि हुने अपेक्षा आयोजकको रहेको छ । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड भैरहवा शाखा परिसर प्रहरी टोलबाट साइकल ¥याली सुरु भई नारायणस्थान, बर्मेलीटोल, बुद्धचोक, लुम्बिनी रोड, एअरपोर्ट , गल्लामण्डी, पिप्रहिया चौकी हँुदै दुर्गा कोलोनी, मेडिकल कलेज, आँखा अस्पताल, देवकोटा चोक, बैंक रोड मिलन चोक हुँदै कार्यालय परिसरमा आएर टुंगिने बैंकका भैरहवा शाखा प्रबन्धक चन्दन पाठकले बताए ।
Get real time update about this post categories directly on your device, subscribe now.