श्रीन्यूज ओके रिपोर्टर
भैरहवा
वेष्टर्न क्रिकेट क्लव बुटवलले नेपाल टेलिकम रुपन्देही सुपरलिग क्रिकेटको उपाधि जितेको छ ।
शनिबार सिद्धार्थ रंगशाला भैरहवामा चिरपरिचित न्यू होराइजन क्रिकेट क्लवलाई ६ विकेटले पराजित गर्दै उपाधि सहित नगद ८० हजार रुपैया पुरस्कार समेत वेष्टर्नले पाएको छ । बि डिभिजनमा रहेको वेष्टर्नले पहिलो पटक महत्वपुर्ण उपाधि जितेको हो ।
उपविजेता होराइजनले ४० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्यो ।
शुक्रबार बेलुकाको बर्षाले पिच र ग्राउण्ड भिजे पछि शनिबार खेल ढिलो गरी सुरु हुदा ३० ओभरमा सिमित भएको थियो ।
टस हारेर ब्याटिङ गर्न ओर्लेकोे होराइजनले ९ विकेटको क्षतिमा १ सय ६ रनको सामान्य स्कोर खडा गरेको थियो । जितका लागी वेष्टर्नले पाएको १सय ७ रनको लक्ष्यलाइ २८ ओभरमा ४ विकेटको क्षेतिमा पुरा गर्दै रुपन्देही सुपरलिगमा बिजेताको रुपमा पहिलो पटक नाम लेखाउन सफल भयो ।
वेष्टर्नको जितमा देव खनालले सर्वाधिक ४४, उत्तम थापाले २६, एकेन्द्र कुंवरले २२(नटआउट) र अजय कौशिल्याले २२(नटआउट) रनको योगदान गरे ।
पहिलो विकेट ९ रन हुदानै गुमाएकोे वेष्टर्न सुरुवात्मै दवावमा थियो । दोस्रो विकेटका लागि देव खनाल र उत्तम थापाले ६५ रनको साझेदारी गर्दै टिमलाई जितको आधार बनाएका थिए ।
७८ रनमा ४ विकेट गुमाएको वेष्टर्नका अजय कौशिल्या र एकेन्द्र कुंवरको जोडीको राम्रो ईनिंगले टिमलाई उपाधि दिलाए ।
होराइजनका गोविन्द केसीले २ तथा तुलबहादुर थापाले १ विकेट पाएका थिए ।
यस अघि टस होरे सुरुमै व्याटिंग गरेको होराईजनले पहिलो विकेट ३३ रनमा गुमाएको थियो । त्यसपछि भने टिम सम्हालिन सकेन्। टिम १सय६ रनमा समेटियो ।
विशाल खत्रीले सर्वाधिक २३ रन बनाए । सुमित पराजुलीले १८, अमर मिश्राले १३, शक्ति गौचन र गोविन्द केसीले समान १०/१० रन बनाए । होराइजनलाई सामान्य रनमा रोक्नमा वेष्टर्नका हरजित सिंह, देव खनाल र राहुल कुमारले २/२ विकेट तथा अभिषेक गौतम, एकेन्द्र कुंवर र विवेक पराजुलीले समान १/१ विकेट लिएका थिए ।देव खनाल म्यान अफ द फाइनल भई ५ हजार रुपैयाँ हात पारे ।
वेष्टर्नका राहुल कुमारले म्यान अफ द सिरिजको उपाधि प्राप्त गरी १५ हजार रुपैयाँबाट पुरस्कृत भए । उनी उत्कृष्ट ब्याट्सम्यान समेत भए र ५ हजार रुपैयाँ प्राप्त गरे । लुम्बिनी खुकुरीका अजय लोनिया उत्कृष्ट बलर भई ५ हजार रुपैयाँ प्राप्त गरे भने लिगमा उत्कृष्ट प्रदर्शन गरेका होराइजनका पुरुषोत्तम भट्टराई राईजिंग प्लेयरका रुपमा ५ हजार रुपैयाँबाट पुरस्कृत भए ।
उपाधि विजेता र उपविजेता खेलाडीहरुलाई पूर्वमन्त्री दीपक बोहरा, नेपाल टेलिकम लुम्बिनी प्रदेशका निर्देशक झबिन्द्र लाल उपाध्याय, आयोजक संस्था रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्तविक्रम मल्ल, पुर्ब केन्द्रिय सदस्य एवं उप बिजेता नगद पुरस्कार सौजन्यकर्ता प्रेम कुमार सेन्चुरी, केन्द्रिय सदस्य धर्मराज गिरी,पुर्ब केन्द्रिय सदस्य आशा गुरुंग, क्रिकेट संघ रुपन्देहीका सचिव सञ्जय गुरुंग लगायले ट्रफि, नगद पुरस्कार, प्रमाणपत्र प्रदान गरेका थिए ।नेपाल टेलिकम मुख्य प्रायोजक रहेको रुपन्देही सुपरलिग क्रिकेट १ महिना सम्म सञ्चालन भएको थियो ।
Get real time update about this post categories directly on your device, subscribe now.