- भैरहवा ।
फिटनेश तथा जिमका सामानहरु बिक्री गर्दै आएको फिटनेश च्वाइसले भैरहवा शहरबाट पनि सेवा सुरु गरेको छ । यहाँ बिक्री कक्ष सञ्चालनमा ल्याई सेवा सुरु गरेको हो । काठमाडांैमा मुख्य कार्यालय रहेको फिटनेश च्वाइस नेपालमा फिटनेश साथै जिमका लागि आवश्यक सामान विगत २२ वर्षदेखि बिक्री गर्दै आएको आधिकारिक बिक्रेता हो ।
फिटनेश तथा जिममा आवश्यक पर्ने सबै सामान र त्यस पछिको सेवा समेत उपलब्ध गराउदै आएको यो संस्थाले अब अन्तर्राष्ट्रिय शहरका रुपमा परिचय बनाउदै आएको भैरहवाबाट पनि बिक्री र त्यस पछिको सेवा दिने फिटनेश च्वाइसका प्रबन्ध निर्देशक उत्तम शिलवालले बताए ।
उनका अनुसार काठमाडांै उपत्यका सहित देशैभर २० वटा बिक्री केन्द्रहरु सञ्चालनमा रहेका छन् । ‘‘अमेरीका, बेलायत, कोरिया, ताइवान र चिनमा बनेका ब्रान्डेड फिटनेशका सामानहरु बिक्री बितरण गर्दै आएको र सामानहरु गुणस्तर रहेको जनाउँदै मानव स्वास्थयलाई लक्षित गरी सञ्चालनमा आएको फिटनेस ‘सबैभन्दा पहिला स्वास्थ्य’ भन्ने मूल मन्त्र सहित अघि बढ्दै आएको छ,’’ सिलवालले भने ।
अहिले कोरोना भाइरसको विषम परिस्थीतिमा यो बिक्री कक्ष स्वास्थ्य मापदण्ड अपनाई शुभारम्भ गरेका छौं । कोरोनाका कारण यो व्यवसाय पनि प्रभावित छ । यसका धेरै उपकरणहरु होटल, जिम, क्लब लगायतमा राखिने भएको र ति स्थानहरु लामो समयदेखि बन्द हुँदा यो व्यवसायसंगै जिम, क्लब, होटलहरु पनि प्रभावित भएको उनको भनाई छ । आम नागरिकहरुले घरमै बसेर स्वास्थ्य सम्बन्धी गतिविधि अघि बढाउन फिटनेश च्वाइस सबैको साथी बन्न सक्ने उनले बताए ।
भैरहवामा पाइने फिटनेश च्वाइसको उपकरण र काठमाडौंको बिक्री कक्षमा पाइने उपकरणको मूल्य पनि एकै भएकाले अब यस्ता सामान खरिदका लागि काठमाडाैं लगायत अन्य स्थानमा जानु पर्ने बाध्यता हटेको र समयसंगै ढुवानीको खर्च पनि कम हुने फिटनेश भैरहवाकी सञ्चालिका रिमा अर्यालले बर्तान् । ‘‘अब उचित मूल्यमै हामी घरदैलौमै सेवा दिन तत्पर छौं, हामी हाम्रो सेवाका लागि प्रतिबद्ध छौं । बिक्री मात्र होइन त्यसपछिको सेवाका लागि पनि हामी प्रतिवद्ध छाैं,’’ अर्यालले भनिन् । फिटनेश च्वाइसमा जिमका सबै सामानहरु, बिभिन्न किसिमका ट्रेडमिलहरु, कार्डियो, स्पाका सामानहरु, फ्लोरिङ्ग तथा आउटडोर फिटनेशका सामानहरु पनि उपलब्ध छन् ।
फिटनेश च्वाइसको शुभारम्भ सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष भिष्म न्यौपानेले गर्दै अन्तर्राष्ट्रिय शहरका रुपमा परिचय बनाउँदै गएको भैरहवामा यस्ता आधुनिक बिक्री कक्षहरु सञ्चालनमा आउनु गौरवको विषय रहेको जनाए । मानिसहरु स्वस्थ्य रहन व्यायाम गर्न जरुरी रहेको र घर भित्र गरिने व्यायामका लागि आवश्यक सामान र बिक्री पछिको सेवा एकै स्थानबाट प्राप्त गर्न सकिने भएकाले सजिलो हुने न्यौपानेको भनाई थियो । विदेशमा जस्तै यहाँ पनि बिभिन्न पार्कहरुमा यस्ता व्यायामका सामान जडान गर्न सके जेष्ठ नागरिकहरुले सहज रुपमा गर्न सक्ने र त्यस्का लागि स्थानीयतहले पहल गर्नु पर्ने बताए । फिटनेश च्वाइसका ब्राण्ड एम्बेसडर तथा ३ पटक मिस्टर नेपाल भइसकेको महेश नेपालले स्वास्थ्यका लागि व्यायाम अति आवश्यक रहेको भन्दै घर भित्रै गरिने व्यायाम पनि महत्वपूर्ण हुने उनले बताए ।
फिटनेश च्वाइस भैरहवाका पहिलो ग्राहक सिद्धार्थनगर नगरपालिकाका शाखा अधिकृत दुश्यन्त थापा मगरले आफूले विहानी हिडाई नियमित रुपमा हिड्ने गरे पनि घरपरिवारका लागि पनि व्यायाम आवश्यक रहेको भन्दै ट्रेडमिल खरिद गरेको बताए । ‘‘कहिले पानी पर्छ, हावा हुरी आउँछ त्यस्तो बेलामा बिहानी हिडाई सम्भव हँुदैन त्यो बेलामा यसको काम आउँछ,’’ थापाले भने ।
Get real time update about this post categories directly on your device, subscribe now.