- मनोरञ्जन शर्मा, भैरहवा ।
राइजिङ्ग स्टार युवा क्लब, शिवराज नगरपालिका कपिलवस्तु, रुपन्देहीको तिलोत्तमा नगरपालिका कोटीहवामा जारी २०औं लिस्नु कप फुटबल प्रतियोगिताको अन्तिम आठमा प्रवेश गरेको छ । मंगलबार तिलोत्तमा कोटीहवा स्थित पशुपति माविको खेलमैदानमा सम्पन्न खेलमा सम्पूर्ण युवा क्लब तिलोत्तमा सुपौलीलाई ४–३ गोल अन्तरले पराजित गर्दै राईजिङ्ग स्टारले अन्तिम आठमा (क्वाटरफाइनल) स्थान सुरक्षित गरेको हो ।
खेल सुरु भएको १५ मिनेटमा राइजिङ्गका राम बहादुर बिएमले पहिलो गोल गर्दै १–० को अग्रता दिलाएका थिए । राईजिङ्गको अग्रता धेरै बेर टिक्न सकेन । सम्पूर्णका मिशन दर्लामीले २३ मिनेटमा गोल गर्दै खेललाईल १–१ को बराबरीमा ल्याए ।
३२औं मिनेटमा सम्पूर्णका जया गुरुङ्गले गोल गरे । जयाको गोलसंगै सम्पूर्णले अग्रता २–१ को बनायो ।
मध्यान्तर सम्म खेल सम्पूर्णको अग्रता २–१ मा रह्यो । मध्यान्तर पछि ५०औं मिनेटमा सम्पूर्णका रक्षकले डि बक्स भित्र राइजिङ्गका कप्तान सुजन खत्रीलाई लडाए पछि प्राप्त पेनाल्टीलाई चन्द्र पुनले गोलमा परिणत गर्दै अग्रता २–२ को बराबरीमा ल्याउन सफल भए । ५६ मिनेटमा सम्पूर्णका जया गुरुङ्गले डिबक्स बाहिरबाट प्रहार गरेको प्रहारले सिधे जालि चुमाउँदै अग्रतालाई ३–२ बनाउन सफल भए । अग्रता लिएसंगै सम्पूर्ण सम्हालिन सकेन ।
६२ मिनेटमा राइजिङ्गका सन्दीप थारुले गोल गर्दै खेललाई ३–३ को बराबरीमा ल्याउन सफल भए । अन्तिम समयमा आक्रामक खेल प्रस्तुत गरेको पाहुना टिम राइजिङ्गले खेल सकिन २ मिनेट बाँकी छदा गोल गर्दै खेल आफ्नो पक्षमा मात्र पारेन क्याटरफाइनलमा (अन्तिम आठ) स्थान सुनिश्चित समेत ग¥यो । अन्तिम समयमा अरुण थारुको गोल निर्णायक मात्र भएन, टिमलाई क्याटरफाइनलमा प्रबेश गराउने अन्तिम गोल गरे वापत उनि म्यान अफ द म्याचबाट पुरस्कृत समेत भए । उनले ३ हजार रुपैयाँ प्राप्त गरे ।
प्रतियोगितामा रुपन्देही, नवलपरासी, कपिलवस्तु, पाल्पा र स्याङ्गजाका गरी १६ टिमको सहभागिता रहेको छ भने बिजेताले ३ लाख रुपैयाँ र ट्रफी तथा उप बिजेताले १ लाख ५० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्ने छन् । त्यस्तै गरी सेमिफाईनलमा पराजित हुने २ टिमले जनही २५ हजार रुपैयाँ, प्रतियोगिताको सर्बोत्कृष्ट खेलाडीले २५ हजार रुपैयाँ तथा उत्कृष्ट गोलरक्षक, उदयमान खेलाडी र सर्बाधिक गोलकर्ताले जनही ७ हजार रुपैयाँ तथा प्रत्येक दिनको म्यान अफ द म्याचले ३ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने क्लबका अध्यक्ष तिर्थ राज मल्लले बताए ।
प्रतियोगितामा यस पटक सोहि स्थानकी श्रीमाया गुरुङ्गले आफ्ना बुवा स्व. डिम बहादुर गुरुङ्गको स्मृतिमा मुख्य प्रायोजकको रुपमा सहयोग गरेको क्लबले जनाएको छ । प्रतियोगिता अन्तरगत बुधबारको खेल सञ्जिवनी युवा क्लब तिलोत्तमा १४, बागधुरा तथा डि युनिटी क्लब देवदह, खैरेनी बिच हुने आयोजक लिस्नु युवा क्लबका सचिव मनोज क्षेत्रीले जानकारी दिए ।
याे पनि पढ्नुहाेस् ।
२०औ लिस्नुकप फुटबल प्रतियोगिता, गोर्खा ब्याइज बुटवल क्वाटरफाइनलमा
२०औ लिस्नुकप फुटबल प्रतियोगिता, गोर्खा ब्याइज बुटवल क्वाटरफाइनलमा
Get real time update about this post categories directly on your device, subscribe now.