- मनोरञ्जन शर्मा
भैरहवा ।
अञ्चलपुर युवा क्लब भैरहवा, रुपन्देहीको कोटीहवामा जारी २०औं लिस्नु कप फुटबल प्रतियोगिताको क्वाटर फाइनलमा प्रवेश गरेको छ । विहीवार कोटीहवा स्थित पशुपति माविको खेलमैदानमा सम्पन्न खेलमा मुर्गिया फुटबल क्लव सैनामैनालाई ५–१ गोल अन्तरले पराजित गर्दै अञ्चलपुरले क्वाटर फाइनलमा स्थान सुरक्षित गरेको हो ।
अञ्चलपुरको जितमा रोशन रानामगरले ४ गोल तथा नितिन थापाले १ गोल गरेका थिए । पूर्वाद्र्धको ११औं मिनेटमा अञ्चलपुरका रोशन राना मगरले पहिलो गोल गर्दै १–० ले अग्रता दिलाए । पहिलो गोल गरेको एक मिनेट नबित्दै रोशनले १२ मिनेटमा गोल गर्दै अग्रता २–० पुर्यfए । २५ मिनेटमा फेरी रोशनको प्रहारले जालि चुम्दा अग्रता ३–० मात्र बनाएन आफ्नो हैट्रिक समेत पुरा गरे । पूर्वाद्र्धमा ३–० गोल अन्तरले पछि परेको मुर्गियाका लागि सुजन थारुले उत्तराद्र्धको ५१औं मिनेटमा आकर्षक गोल गर्दै अन्तरलाई ३–१ बनाए । एक गोल फर्काएको मुर्गियाले खेलमा फर्कीएको देखिए जस्तो भए पनि उसले पाएका प्रहारहरु केही पोलमा लागेर फर्कियो भने केही बल आकाशियो । उत्तराद्र्धको ७४ मिनेटमा रोशन राना मगरले गोल गरे । उनले गोलसंगै ४–१को अग्रता दिलाउन सफल भए । ४ गोल खाईसकेको मुर्गियाले ७७ मिनेटमा अर्को गोल खान पुग्यो । अञ्चलपुरका नितिन थापाले गोल गर्दै ५–१को अग्रता पुरयाए । अन्तत ८० मिनेटको खेलमा अञ्चलपुर विजयी हुँदै क्वाटर फाइनलमा स्थान सुरक्षित गरयो ।
टिमलाई क्याटर फाइनलमा प्रवेश गराउन अहम भुमिका खेल्दै ४ गोल गर्ने अञ्चलपुरका रोशन राना मगर म्यान अफ द म्याच घोषित हुँदै ३ हजार रुपैयाँबाट पुरस्कृत भए । प्रतियोगितामा रुपन्देही, नवलपरासी, कपिलवस्तु, पाल्पा र स्याङ्गजाका गरी १६ टिमको सहभागिता रहेको छ भने बिजेताले ३ लाख रुपैयाँ र ट्रफी तथा उपबिजेताले १ लाख ५० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्ने छन् । त्यस्तै गरी सेमि फाइनलमा पराजित हुने २ टिमले जनही २५ हजार रुपैयाँ, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २५ हजार रुपैयाँ तथा उत्कृष्ट गोलरक्षक, उदयमान खेलाडी र सर्वाधिक गोलकर्ताले जनही ७ हजार रुपैयाँ तथा प्रत्येक दिनको म्यान अफ द म्याचले ३ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने क्लबका अध्यक्ष तिर्थ राज मल्लले बताए ।
प्रतियोगितामा यस पटक सोहि स्थानकी श्रीमाया गुरुङ्गले आफ्ना बुवा स्व. डिम बहादुर गुरुङ्गको स्मृतिमा मुख्य प्रायोजकको रुपमा सहयोग गरेको क्लबले जनाएको छ । प्रतियोगिता अन्तरगत शुक्रबारको खेल वालिङ्ग नगरपालिका, स्याङ्गजा तथा नव युवा खेलकुद तथा सांस्कृतिक परिवार ठुटिपीपल, रुपन्देही बिच हुने आयोजक लिस्नु युवा क्लबका सचिव मनोज क्षेत्रीले जानकारी दिए ।
याे पनि पढ्नुहाेस्
Get real time update about this post categories directly on your device, subscribe now.