- भैरहवा ।
लिस्नु युवा क्लब, रुपन्देहीको कोटीहवामा जारी २०औं लिस्नु कप फुटबल प्रतियोगिता अन्तरगत आजबाट क्वाटर फाइनल खेल सुरु हुँदैछ । कोटीहवा स्थित पशुपति माविको खेलमैदानमा हुने आजको पहिलो क्वाटर फाइनलमा फर्साटिकर युथ क्लब फर्साटिकर तथा गोर्खा गोर्खा ब्वाइज स्पोर्टस क्लब बुटवल बिच हुनेछ । शनिबार सम्पन्न अन्तिम प्रिक्वाटर फाइनलमा आयोजक समेत रहेको लिस्नु युवा क्लबले पाहुना टिम पाल्पा ११ लाई २–१ गोल अन्तरले पराजित गरेसंगै लिस्नु कपको क्वाटर फाइनलको समिकरण पुरा भएको थियो ।
प्रतियोगितामा रुपन्देही, नवलपरासी, कपिलवस्तु, पाल्पा र स्याङ्गजाका गरी १६ टिमको सहभागिता रहेको छ भने बिजेताले ३ लाख रुपैयाँ र ट्रफी तथा उपविजेताले १ लाख ५० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्ने छन् । त्यस्तै गरी सेमिफाइनलमा पराजित हुने २ टिमले जनही २५ हजार रुपैयाँ, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २५ हजार रुपैयाँ तथा उत्कृष्ट गोलरक्षक, उदयमान खेलाडी र सर्बाधिक गोलकर्ताले जनही ७ हजार रुपैयाँ तथा प्रत्येक दिनको म्यान अफ द म्याचले ३ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने क्लबका अध्यक्ष तिर्थ राज मल्लले बताए । प्रतियोगितामा यस पटक सोहि स्थानकी श्रीमाया गुरुङ्गले आफ्ना बुवा स्व. डिम बहादुर गुरुङ्गको स्मृतिमा मुख्य प्रायोजकको रुपमा सहयोग गरेको क्लबले जनाएको छ ।
Get real time update about this post categories directly on your device, subscribe now.