- मनोरञ्जन शर्मा
भैरहवा ।
फोर ब्रदर्श एफ.सी. नवलपरासी रुपन्देहीको कोटीहवामा जारी २०औं लिस्नु कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रबेश गरेको छ । सोमबार कोटीहवा स्थित पशुपति माविको मैदानमा सम्पन्न दोश्रो क्वाटरफाइनलमा राईजिङ्ग स्टार युवा क्लब शिवराज नगरपालिका कपिलबस्तुलाई २–१ गेल अन्तरले पराजित गर्र्दै फोर ब्रदर्शले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो ।
पुर्बाद्र्ध सम्म १ गोलले अग्रता लिए पनि राईजिङ्ग स्टारले खेलको अन्तिम समय सम्हालिन नसक्दा सेमिफाईनलको यात्रामा ब्रेक लाग्यो । पुर्बाद्र्धको ३२ मिनेटमा राईजिङ्ग स्टारका राम बहादुर मगरले गोल गर्दै १–०ले अग्रता दिलाएका थिए ।
पुर्बाद्र्धमा १–०ले पछि परेको नवलपरासीको फोर ब्रदर्शले अन्तिम क्षणमा २ गोल फर्काउर्दै सेमिफाइनलमा स्थान सुरक्षित गर्न सफल भयो । कृपा चौधरीले ३९ मिनेटमा गोल फर्काउदै खेललाई बराबरीमा ल्याएका थिए । ४२ मिनेटमा शुरेस कुमालले गोल गर्दै २–१को अग्रता दिलाएनन मात्र टिमलाई सेमिफाईनलको यात्रा तय गराईदिए ।
खेलमा फोर ब्रदर्श एलिस मगर म्यान अफ द म्याच घोषित हुदै ३ हजार रुपैया पुरस्कार प्राप्त गरे । त्यसै गरी माईडिया द्धारा प्रायोजित माईडिया म्यान अफ द मुभमेन्ट बाट राईजिङ्ग स्टारका गोलरक्षक भिम पुन पुरस्कृत भए । प्रतियोगितामा रुपन्देही, नवलपरासी, कपिलवस्तु, पाल्पा र स्याङ्गजाका गरी १६ टिमको सहभागिता रहेको छ भने बिजेताले ३ लाख रुपैयाँ र ट्रफी तथा उपविजेताले १ लाख ५० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्ने छन् । त्यस्तै गरी सेमिफाइनलमा पराजित हुने २ टिमले जनही २५ हजार रुपैयाँ, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २५ हजार रुपैयाँ तथा उत्कृष्ट गोलरक्षक, उदयमान खेलाडी र सर्बाधिक गोलकर्ताले जनही ७ हजार रुपैयाँ तथा प्रत्येक दिनको म्यान अफ द म्याचले ३ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने क्लबका अध्यक्ष तिर्थ राज मल्लले बताए ।
प्रतियोगितामा यस पटक सोहि स्थानकी श्रीमाया गुरुङ्गले आफ्ना बुवा स्व. डिम बहादुर गुरुङ्गको स्मृतिमा मुख्य प्रायोजकको रुपमा सहयोग गरेको क्लबले जनाएको छ । मंगलबार तेश्रो क्वाटर फाइनल खेलमा सञ्जिबनि युबा क्लब तिलोत्तमा बागधुरा र वालिंग नगरपालिका बिच हुने आयोजक लिस्नु युवा क्लब का सचिब मनोज क्षेत्रीले जानकारी दिए ।
Get real time update about this post categories directly on your device, subscribe now.