- मनोरञ्जन शर्मा
भैरहवा ।
सञ्जिवनी युवा क्लब, तिलोत्तमा बाघधुरा रुपन्देहीको कोटीहवामा जारी २०औं लिस्नु कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार कोटीहवा स्थित पशुपति माबिको खेलमैदानमा सम्पन्न तेश्रो क्वाटर फाइनल खेलमा स्याङ्गजाको वालिङ्ग नगरपालिका टिमलाई ३–० गोलले पराजित गर्दै सञ्जिवनीले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । खेलको पूर्वाद्र्धसम्म (३५ मिनेट) दुबै टिमले गोल रहित बराबरी खेलेका थिए । उत्तराद्र्धको ४१ मिनेटमा वालिङ्गका रक्षकले सञ्जिवनीका खेलाडीलाई डीबक्स भित्र लडाए पछि रेफ्रिले पेनाल्टी दिएकोमा सञ्जिवनीका आशिष गुरुङ्गले गोल गर्दै १–० को अग्रता दिलाए ।
१ गोलले पछि परेको पाहुना टिम वालिङ्गले ६० मिनेटमा दोश्रो गोलको भार थप्यो । सञ्जिवनीका मोहन थापाले गोल गर्दै अग्रता २– बनाउन सफल भए । खेल सकिन केही मिनेट बाँकी रहँदा सञ्जिवनीका सुरज घलानले गोल थपे । उनको गोलसंगै सञ्जिवनीको सेमिफाइनल यात्रा थप सुनिश्चित भयो । उत्तराद्र्धमा वालिङ्गले गोलका लागि ४ वटा राम्रो प्रयास गरे पनि सञ्जिवनीका गोल रक्षकले बिफल तुल्याएका थिए । सञ्जिवनीका दिपेश परियारले उत्कृष्ट खेल प्रदर्शन गरे बापत म्यान अफ म्याच घोषित हँुदैे ३ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । परियारलाई समाजसेवी एवम् तिलोत्तमा नगर पालिकाका पूर्व नगर सभासद एच.बी. रम्तेलले पुरस्कार प्रदान गरे । त्यसै गरी माइडियाद्वारा प्रायोजित माइडिया म्यान अफ द मुभमेन्ट पुरस्कारबाट सञ्जिवनीकै मोहन थापा पुरस्कृत भए ।
उनलाई माइडिया भैरहवाका प्रबन्धक कमल गुरुङ्गले उपहार सहित पुरस्कृत गरे । प्रतियोगितामा रुपन्देही, नवलपरासी, कपिलवस्तु, पाल्पा र स्याङ्गजाका गरी १६ टिमको सहभागिता रहेको छ भने विजेताले ३ लाख रुपैयाँ र ट्रफी तथा उपबिजेताले १ लाख ५० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्ने छन् । त्यस्तै गरी सेमिफाइनलमा पराजित हुने २ टिमले जनही २५ हजार रुपैयाँ, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २५ हजार रुपैयाँ तथा उत्कृष्ट गोलरक्षक, उदयमान खेलाडी र सर्वाधिक गोलकर्ताले जनही ७ हजार रुपैयाँ तथा प्रत्येक दिनको म्यान अफ द म्याचले ३ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने क्लबका अध्यक्ष तिर्थराज मल्लले बताए । प्रतियोगितामा यस पटक सोहि स्थानकी श्रीमाया गुरुङ्गले आफ्ना बुवा स्व. डिम बहादुर गुरुङ्गको स्मृतिमा मुख्य प्रायोजकको रुपमा सहयोग गरेको क्लबले जनाएको छ । प्रतियोगिता अन्तरगत बुधवारको अन्तिम क्वाटर फाइनल खेल अञ्चलपुर युवा क्लब (एवाईसि) भैरहवा र आयोजक लिस्नु युवा क्लब तिलोत्तमा बिच हुने आयोजक संस्थाका सचिव मनोज क्षेत्रीले जानकारी दिए ।
Get real time update about this post categories directly on your device, subscribe now.