- मनोरञ्जन शर्मा
भैरहवा ।
आयोजक लिस्नु युवा क्लब रुपन्देहीको कोटीहवामा जारी २०औं लिस्नु कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधवार कोटीहवा स्थित पशुपति मा.वि.को मैदानमा सम्पन्न अन्तिम क्वाटरफाइनलमा प्रतियोगिताको दाबेदार मानिएको भैरहवाको अञ्चलपुर युवा क्लब (एवाईसी) लाई २–१ गेल अन्तरले पराजित गर्दै आयोजक लिस्नुले सेमिफाइनलको यात्रा तय गरेको हो । पूर्वाद्र्धको ३५ मिनेट १–० गोलले अग्रता गरे पनि अञ्चलपुर उत्तराद्र्धको खेलमा सम्हालिन नसक्दा २ गोल खान पुग्यो । अञ्चलपुरको कमजोर रक्षापंतीलाई तोड्दै आयोजक लिस्नुले जित सुनिश्चित गर्याे ।
खेल सुरु हुन लाग्दा भएको वर्षाले मैदान हिलाम्मे मैदान बन्दा उत्तराद्र्धमा खेलमा फर्कने प्रयास अञ्चलपुरले गरे पनि असफल भयो । अञ्चलपुरको केही राम्रा प्रहार जसले खेललाई बराबरीमा ल्याउन सक्थ्यो लिस्नुका गोलरक्षकले असफल तुल्याए । खेल सुरु भएको २५ मिनेटमा अञ्चलपुरका शिशिर लेखीले पहिलो गोल गर्दै १–० ले अग्रता दिलाउन सफल भएका थिए । पूर्वाद्र्धको ३५ मिनेट सम्म अग्रता जोगाउन अञ्चलपुर सफल भए पनि उत्तराद्र्धमा बचाउन सकेन् । उत्तराद्र्धको ३९औं मिनेटमा लिस्नुका खेलाडीलाई डि क्षेत्र भित्र अञ्चलपुरका रक्षकले लडाए पछि पेनाल्टी हान्ने अवसर पाएको लिस्नुले सहजै गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्यायो । लिस्नुबाट खेलेका अफ्रिकन खेलाडी फोफनाले पेनाल्टीमा गोल गरेका थिए । ४५ मिनेटमा राजेन्द्र रावलले गोल गर्दै लिस्नुलाई २–१ को अग्रता दिलाए ।
अन्तत वर्षाद्वारा प्रभावित ७० प्लस ९ मिनेटको खेलमा लिस्नुले जित निकाल्दै सेमिफाइनलमा स्थान सुरक्षित ग¥यो । खेलमा लिस्नुका राजेन्द्र रावलले उत्कृष्ट खेल प्रदर्शन गरेवापत म्यान अफ द म्याच घोषित हुँदै ३ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । रावललाई अञ्चलपुर युवा क्लबका अध्यक्ष एवं समाजसेवी सुर्यकुमार सारु मगरले पुरस्कृत गरे । त्यसै गरी माईडियाको अधिकृत बिक्रेता प्रेमपदमा ट्रेडर्स भैरहवाद्वारा प्रायोजित माईडिया म्यान अफ द मुमेन्टबाट अञ्चलपुरका शिशिर लेखी पुरस्कृत भए । उनलाई माईडियाका प्रबन्धक कमल गुरुङ्गले उपहार सहित पुरस्कृत गरे । प्रतियोगितामा रुपन्देही, नवलपरासी, कपिलवस्तु, पाल्पा र स्याङ्गजाका गरी १६ टिमको सहभागिता रहेको प्रतियोगिताको सेमिफाईनल खेलहरु शुक्रवारबाट सुरु हुनेछ । लिस्नु कपको बिजेताले ३ लाख रुपैयाँ र ट्रफी तथा उपविजेताले १ लाख ५० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्ने छन् । त्यस्तै गरी सेमिफाइनलमा पराजित हुने २ टिमले जनही २५ हजार रुपैयाँ, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २५ हजार रुपैयाँ तथा उत्कृष्ट गोलरक्षक, उदयमान खेलाडी र सर्बाधिक गोलकर्ताले जनही ७ हजार रुपैयाँ तथा प्रत्येक दिनको म्यान अफ द म्याचले ३ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने क्लबका अध्यक्ष तिर्थ राज मल्लले बताए । प्रतियोगितामा यस पटक सोहि स्थानकी श्रीमाया गुरुङ्गले आफ्ना बुवा स्व. डिम बहादुर गुरुङ्गको स्मृतिमा मुख्य प्रायोजकको रुपमा सहयोग गरेको क्लबले जनाएको छ ।
Get real time update about this post categories directly on your device, subscribe now.