- श्रीन्यूज ओके रिपोर्टर, भैरहवा
बिश्वकप फुटबल प्रतियोगिताको २२ औं संस्करण आज देखि कतारमा सुरु हुदैछ । उदघाटन समारोह दोहा बाट ४० किमि उत्तरमा रहेको अल बेत रंगशालामा सुरु भएको छ । उदघाटन पश्चात सोहि मैदानमा आज पहिलो खेलमा आयोजक कतार र इक्वेडर बिच प्रतिष्पर्धा हुदैछ ।खेल नेपाली समय अनुसार ९ बजेर ४५ मिनेटमा सुरु हुदैछ ।
इक्वेडर पहिलो पटक सन् २००२मा जापान कोरीयामा संयुक्त रुपमा आयोजना भएको १७ औं बिश्वकपमा सहभागी हुदा समुह चरणबाटै बाहिरीएको थियो । २००६मा राउन्ड अफ सिक्सटिन सम्म पुग्न सफल इक्वेडर २०१०मा छनौट हुन सकेन भने सन २०१४मा समुह चरणबाटै बाहिरीएको इक्वेडर २०१८मा छनौट हुन सकेन । यस अघि १९५०को बिश्वकप फुटबलमा छनौट भएर पनि अन्तिम समयमा सहभागिता फिर्ता लिएको थियो ।कतारको भने यो पहिलो सहभागिता हो ।
बिश्व फुटबल बरीयतामा कतार ४४ औं स्थानमा छ भने इक्वेडर ५० औं स्थानमा रहेको छ । कतार र इक्वेडर बिच अहिले सम्म १ वटामात्र मैत्रीपुर्ण खेल भएको छ । सन् २०१८मा भएको खेलमा कतारले ४ः३ गोल अन्तरले इक्वेडरलाई पराजित गरेको थियो ।
Get real time update about this post categories directly on your device, subscribe now.