- श्रीन्यूज ओके रिपोर्टर, भैरहवा
कतारमा जारी बिश्वकप फुटबल प्रतियोगिताको समुह सीको पहिलोे खेलमा आज एसियाली देश साउदी अरबले दुई पटकको बिश्व बिजेता अर्जेन्टीनालाई पराजित गरी सनसनी फैलाएको छ ।
लुसेल आइकोनिक स्टेडियममा दिउसो नेपाली समय अनुसार पौने ४ बजे भएको खेलमा साउदी अरबले अर्जेन्टीनालाई २–१ गोलले हराएको हो । साउदी अरबको जितमा सलेह अल सेहरी र सलेम अल दसरीले गोल गरेका थिए ।
मध्यान्तर सम्म १ गोलले पछि परेको साउदी टिमले दुबै गोल मध्यान्तर पछि गरेको थियो । पहिलो हाफमा अग्रता लिएको अर्जेन्टिनाले दोस्रो हाफमा अग्रतालाई जोगाउन सकेन । अर्जेन्टिनाका कप्तान लियोन मेस्सीले १० मिनेटमा पेनाल्टी मार्फत गोल गरेका थिए । कप्तान मेसीको गोल साउदीका अघि धुमिल भयो ।
लौटारो मार्टिनेजलाई डिबक्सभित्र विपक्षी रक्षकले फल गरेपछि अर्जेन्टिनाले पेनाल्टीको अवसर पाएको थियो । जसलाई मेस्सीले गोलमा परीणत गरेका थिए । मध्यान्तर पछि साउदी अरबले सुरुवाती पाँच मिनेटमै दुई गोल फर्काएको थियो । ४८औं मिनेटमा सलेह अल सेहरीले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए भने ५३औं मिनेटमा सलेम अल दसरीले गोल गर्दै साउदीलाई २–१ गोलले अग्रता दिलाएका थिए । खेलको अन्तिमसम्म अर्जेन्टिनाको गोल फर्काउने प्रयास सफल भएन ।
यस हारसँगै अर्जेन्टिनाले लगातार ३६ खेलको अपराजित यात्रामा पनि पूर्णविराम लागेको छ । सन् २०१९ को कोपा अमेरिकामा ब्राजिलसँग सेमिफाइनलमा पराजित भएयताको सबै ३६ अन्तर्राष्ट्रिय खेलमा अर्जेन्टिनाले जित्दै आएको थियो ।
साउदी अरबले भने पहिलो पटक अर्जेन्टिनालाई हराउन सफ भएको छ । यो जितसँगै समूह ‘सी’ मा साउदी अरबले तीन अंक बनाएको छ । अर्जेन्टिनाले हारबाट खेलको सुरुवात गरेको छ । यस समूहमा अर्जेन्टिना, साउदी अरबसहित मेक्सिको र पोल्यान्ड छन् ।
Get real time update about this post categories directly on your device, subscribe now.