- श्रीन्यूज ओके रिपोर्टर,भैरहवा
स्व.शेरबहादुर सेन्चुरी स्मृती अन्तरविद्यालय टी–२० क्रिकेट प्रतियोगिता अन्तरगत आज सिद्धार्थ रंगशाला भैरहवामा दुई खेल हुदैछ । पहिलो खेल बिहान ८ बजे न्यू होराईजन जिबिएस र बुद्धज्योति बिच तथा दोश्रो खेल दिउसो जेसिस स्कुल र सनसाईन बिच हुने खेल संयोजक उदय कुमार मल्लिकले जानकारी दिएका छन् । आइतबार देखि सुरु भएको खेलमा एभरेष्ट बोर्डिङ स्कूल बुटवलले साइग्लोबल एकेडेमीलाई ९ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको थियो ।
साइग्लोबलले निर्धारित २० ओभरको खेलमा ९ ओभरमा सबै विकेट गुमाउँदै ५९ रन बनाएको थियो । उसका लागि मोहम्द हुसेनले २० रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो अंकको योगफल बनाउन सकेनन्। उसलाई सस्तैमा रोक्न एभरेष्टका रोजन रेग्मीले ४, कुशल अर्यालले ३ र शौरभ भण्डारीले १ विकेट लिएका थिए ।
जितका लागि ६० रनको लक्ष्य सहित मैदानमा आएको एभरेष्टले ६ ओभरमा १ विकेटको क्षतिमा ६० रन जोड्दै जित निकाल्यो । उसको जितमा चाल्स भट्टराईले १५ र सन्देश थापाले ८ रन बनाए । बलिङमा साइग्लोबलका निर्वाण क्षेत्रीले १ विकेट लिए । एभरेष्टका रोजन रेग्मी म्यान अफ द म्याच भई ५ सय रुपैयाँबाट पुरस्कृत भएका थिए ।
रुपन्देही क्रिकेट संघको आयोजनामा सुरु भएको प्रतियोगिताको उदघाटन सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानले गरेका थिए । प्रतियोगिताको मुख्य प्रायोजक पर्वत ज्वेलर्श भैरहवा रहेको छ ।
Get real time update about this post categories directly on your device, subscribe now.