- श्रीन्यूज ओके रिपोर्टर, भैरहवा
कतारमा जारी बिश्वकप फुटबलमा आज प्रि क्वाटर फाइनलका २ खेलहरुमा जापान र क्रोएशिया तथा दक्षिण कोरिया र ब्राजिल बिच खेल हुदैछ ।
कतारको अल जनौब रंगशालामा हुने आजको पहिलो खेलमा साबिक उपविजेता क्रोएसियाले जापानविरुद्ध नेपाली समयानुसार राति ८ः४५ बजेदेखि सुरु हुनेछ ।
यस्तै, आजको दोस्रो खेलमा राति १२ः४५ बजे कतारको रंगशाला ९७४ मा ब्राजिल र दक्षिण कोरियाबीच प्रतिस्पर्धा हुनेछ ।
यस अघि हिजो राति सम्पन्न दुई खेलमा फ्रान्सले पोल्याण्डलाई ३ १ तथा इंग्ल्याण्डले सेनेगललाई ३ ० गोल अन्तरले पराजित गर्दै अन्तिम आठमा(क्वाटरफाइनल)मा स्थान सुरक्षित गरेका छन् । इंग्यलाण्ड अब से क्वाटरफाइनलमा फ्रान्स संग खेल्नेछ ।
अर्जेन्टिना र नेदरलैण्ड यस अघिनै क्वाटरफाइनल फाइनलमा प्रबेश गरीसकेका छन् ।
Get real time update about this post categories directly on your device, subscribe now.