- श्रीन्यूज ओके रिपोर्टर,भैरहवा
सामूहिक खेलकुद महोत्सवको १९ औं सस्करण मंगलबार बाट भैरहवामा आयोजना हुने भएको छ । सामूहिक बिद्यालय परिवार रुपन्देहीको आयोजनामा हुने खेलकुद महोत्सव भैरहवा स्थित कृषि क्याम्पस(पक्लिहवा)को खेल मैदानमा मंसिर २० गते देखि २३ गते सम्म आयोजना हुने छ । आयोजक सस्था सामूहिक बिद्यालय परिवारले आज भैरहवामा पत्रकार सम्मेलन आयोजना गर्दै खेलकुद महोत्सव बारे जानकारी गराएको हो । पत्रकार सम्मेलनमा सस्थाका अध्यक्ष उदय कुमार मल्लिकले खेलकुद महोत्सवमा २० नीजि बिद्यालयका १ हजार २ सय छात्रछात्राले प्रतिष्पर्धा गर्ने बताए ।
खेलकुद महोत्सव छात्र तथा छात्रा तर्फ सब जुनियर तह(कक्षा १ देखि३), जुनियर तह(कक्षा ४ देखि ६) र सिनीयर तह(कक्षा ७ देखि १०) बिच हुनेछ ।जोश र उत्साहका लागि खेलकुद मुल नारा सहित सुरु हुन गैरहेको प्रतियोगिताको मुख्य उद्धेश्य छात्र तथा छात्रालाई शारिरीक तथा मानसिक रुपमा स्वास्थ्य राख्नु तथा उनिहरुमा रहेको प्रतिभालाई बाहिर ल्याउने प्लेटफर्मको श्रृजना गर्नु रहेको खेलकुद महोत्सबका संयोजक मनोज कुमार यादवले बताए ।
खेलकुद महोत्सवमा सब जुनियर तह तर्फ ५० मिटर दौड, १०० मिटर दौड, ३ खुट्टे दौड, १०० गुणे ४ रिले, लंगजम्प, जुनियर तर्फ १०० मिटर, २ सय मिटर, ४ सय मिटर, १०० गुणे ४ रिले, बोरा रेस(छात्र), स्किीपिंग रेस(छात्रा),लंगजम्प र सिनियर तर्फ १ सय मिटर, २ सय मिटर, ८ सय मिटर, १०० गुणे ४ रिले, शटफुट, लंगजम्प, भलिबल प्रतियोगिता हुनेछ ।
कुल ५४ स्वर्ण त्यतिनै रजत र काश्य पदकका लागि प्रतिष्पर्धा हुनेछ । महोत्सवमा सब जुनियर,जुनियर र सिनीयर तर्फबाट छात्र छात्रा उत्कृष्ट टिम घोषित गरी पुरस्कृत गरिने र सबै तहको अंकका आधारमा उत्कृष्ट टिम घोषित गरी पुरस्कृत गरिनेछ ।
प्रतियोगिता सम्पन्न गर्न १३ लाख ३१ हजार रुपैया खर्च हुने अनुमान गरिएको छ ।
प्रतियोगिताको पहिलो दिन बुद्धचोक लुम्बिनी गेटबाट खेल र्याली निकालिने सो र्याली बर्मेलीटोल, नारायणस्थान, प्रहरीटोल, मैत्रीपथ, खजहना हुदै पक्लिहवा कृषि क्याम्पसको खेलमैदानमा पुगि उदघाटन समारोहमा परिणत हुने प्रचारप्रसार समितीका संयोजक गोकुल पोखरेलले बताए ।प्रतियोगिताको उदघाटन भलिबल राष्ट्रिय टिम(महिला)की कप्तान अरुणा शाहीले गर्नेछिन् ।
Get real time update about this post categories directly on your device, subscribe now.