- श्रीन्यूज ओके रिपोर्टर,भैरहवा
प्रि क्वाटर फाइनलमा जापानलाई हराउदै क्रोएशिया कतारमा जारी बिश्वकप फुटबल प्रतियोगिताको क्वाटरफाइनल(अन्तिम आठ)मा प्रबेश गरेको छ । निर्धारीत ९० मिनेटको खेल १ः१ गोलको बराबरी भए पछि निर्णणको लागि ३० मिनेट थप गरीएको थियो । अतिरीक्त समयमा पनि गोल हुन नसके पछि बिजेताको टुंगो पेनाल्टी सुट आउटबाट भएको थियो। पेनाल्टीमा क्रोएशिया ३ः१ गोलले जित निकाल्दै क्वाटर फाइनलमा स्थान सुरक्षित गरेको हो ।
निर्धारीत ९० मिनेटको खेलमा मध्यान्तर अघि जापानका मेडाले ४४ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । ५५ मिनेटमा क्रोएशियन पेरीसिकले गोल फर्काउदै खेललाई एक एक को बराबरीमा ल्याउन सफल भएका थिए । क्रोएशियाको जितमा गोलरक्षक डोमिनिक लिभाकोभिक नायक रहे । डोमिनिकले जापानी खेलाडी काओरु मितोमा, तकुमी मिनामोनो, माया योसिदाको प्रहार रोकेका थिए । २७ वर्षिय डोमिनिक यस अघिको २०१८ मा रसियामा भएको बिश्वकप फुटबलमा क्रोएशिया उप बिजेता रहदा टिमका सदस्य थिए । डोमिनिक सन् २०१५ देखि क्रोएसियाली फर्स्ट डिभिजन क्लब दिनामो जाग्रेबबाट खेल्दै आएका छन् । क्रोएशियाले अब क्वाटर फाइनलमा ब्राजिल र दक्षिण कोरीया बिचको खेलको बिजेता संग खेल्नेछ ।
Get real time update about this post categories directly on your device, subscribe now.