- श्री न्यूज ओके रिपोर्टर,भैरहवा
कतारमा जारी फिफा विश्वकप फुटवल प्रतियोगिता अन्तरगत प्रि क्वाटर फाइनलका अन्तिम दुई खेल आज हुदैछ । आजको दुई खेलपछि क्वाटर फाइनलको समिकरण पुरा हुनेछ ।
पहिलो खेल नेपाली समय अनुसार राती पौने नौ बजे मोरक्को र स्पेन बिच एजुकेसन सिटी स्टेडियममा तथा दोश्रो खेल
पोर्चुगल र स्वीटजरल्याण्डबीचको खेल लुसेस स्टेडियममा मध्यराति पौने १ बजे सुरु हुनेछ । दुबै खेलका बिजेताको भेट क्वाटरफाईनलमा हुनेछ ।
अहिलेसम्म नेदरल्याण्ड्स, अर्जेन्टिना, फ्रान्स, इंग्ल्याण्ड, क्रोयसिया र ब्राजिलले क्वाटरफाइनलमा स्थान बनाइसकेका छन् । गए राति सम्पन्न खेलमा क्रोएशियाले जापानलाई पेनाल्टीमा ३ः१ गोलले तथा ब्राजिलले दक्षिण कोरीयालाई ४ः१ गोलले पराजित गर्दै क्वाटरफाइनल प्रबेश गरेको छ ।
Get real time update about this post categories directly on your device, subscribe now.