- श्रीन्यूज ओके रिपोर्टर,भैरहवा
सामूहिक खेलकुद महोत्सवको १९ औं सस्करण आजबाट भैरहवामा सुरु भएको छ । महोत्सवको उदघाटन भलिबल राष्ट्रिय टिम(महिला)की कप्तान अरुणा शाहीले गरीन । उदघाटन पुर्ब खेलकुद र्याली भैरहवाको बुद्धचोकबाट निस्केको थियो । र्यालीमा छात्रछात्रा , शिक्षक, प्रशिक्षक, तथा शुभेच्छुकहरुको सहभागिता थियो । र्याली बुद्धचोक, बर्मेली टोल, नारायणस्थान, प्रहरीटोल, मैत्रीपथ, निर्भाणा होटल हुदै पक्लिहवा स्थित कृषि क्याम्पसको खेल मैदानमा पुगेको थियो ।
खेल मैदानमा छात्रछात्रा खेलाडीहरुले मार्च पास गरेका थिए । मार्चपासमा छात्रछात्रा खेलाडीले प्रमुख अतिथी एवं नेपालको भलिबल टिमकी कप्तान अरुणा शाहीलाई सम्मान प्रकट गरेका थिए । सो क्रममा खेलाडीका तर्फबाट मिनर्वा माबिका छात्र पियुष गुरुंगले सपथ लिएका थिए ।
खेलकुद महोत्सवको उदघाटन गर्दै प्रमुख अतिथी शाहीले बिद्यालय स्तरमा आयोजना हुने यस्ता खेलकुद गतिबिधीले बिद्यार्थीमा रहेका प्रतिभाहरु प्रष्फुटन हुने अवसर पाउने भएकाले खेलकुद महोत्सवको महत्व रहेको बताईन् ।
कार्यक्रममा प्याब्सनका केन्द्रिय उपाध्यक्ष बिष्णु पन्थी, उद्योग व्यापार संगठन रुपन्देहीका अध्यक्ष अनिल ज्ञवाली, आयोजक सस्था सामूहिक बिद्यालय परिवारका अध्यक्ष उदय कुमार मल्लिक, खेलकुद महोत्सवका संयोजक मनोज कुमार यादव, सस्थाकी सचिब श्रृजना पाठक लगायतले मन्तब्य राख्दै बिद्यालय स्तरीय खेलकुद महत्वका बारेमा चर्चा गरेका थिए ।
सामूहिक बिद्यालय परिवार रुपन्देहीको आयोजनामा सुरु भएको खेलकुद महोत्सव भैरहवा स्थित कृषि क्याम्पस(पक्लिहवा)को खेल मैदानमा २३ गते सम्म आयोजना हुने छ । आयोजक सस्था सामूहिक बिद्यालय परिवारका अध्यक्ष उदय कुमार मल्लिकले खेलकुद महोत्सवमा २० नीजि बिद्यालयका १ हजार २ सय छात्रछात्राले प्रतिष्पर्धा गर्ने बताए ।
खेलकुद महोत्सव छात्र तथा छात्रा तर्फ सब जुनियर तह(कक्षा १ देखि३), जुनियर तह(कक्षा ४ देखि ६) र सिनीयर तह(कक्षा ७ देखि १०) बिच हुनेछ ।जोश र उत्साहका लागि खेलकुद मुल नारा सहित सुरु हुन गैरहेको प्रतियोगिताको मुख्य उद्धेश्य छात्र तथा छात्रालाई शारिरीक तथा मानसिक रुपमा स्वास्थ्य राख्नु तथा उनिहरुमा रहेको प्रतिभालाई बाहिर ल्याउने प्लेटफर्मको श्रृजना गर्नु रहेको खेलकुद महोत्सबका संयोजक मनोज कुमार यादवले बताए ।
खेलकुद महोत्सवमा सब जुनियर तह तर्फ ५० मिटर दौड, १०० मिटर दौड, ३ खुट्टे दौड, १०० गुणे ४ रिले, लंगजम्प, जुनियर तर्फ १०० मिटर, २ सय मिटर, ४ सय मिटर, १०० गुणे ४ रिले, बोरा रेस(छात्र) स्किीपिंग रेस(छात्रां),लंगजम्प र सिनियर तर्फ १ सय मिटर, २ सय मिटर, ८ सय मिटर, १०० गुणे ४ रिले, शटफुट, लंगजम्प, भलिबल प्रतियोगिता हुनेछ ।
प्रतियोगिताको पहिलो दिन भलिबल खेल भएका छन भने जुनियर तथा सब जुनियर तहको लंगजम्प सम्पन्न भएको खेलकुद महोत्सव प्रचार प्रसार समितीका संयोजक गोकुल पोखरेलले जानकारी दिए ।
महोत्सवमा सब जुनियर,जुनियर र सिनीयर तर्फबाट छात्र छात्रा उत्कृष्ट टिम घोषित गरी पुरस्कृत गरिने र सबै तहको अंकका आधारमा उत्कृष्ट टिम घोषित गरी पुरस्कृत गरिनेछ ।प्रतियोगिता सम्पन्न गर्न १३ लाख ३१ हजार रुपैया खर्च हुने अनुमान गरिएको छ ।
Get real time update about this post categories directly on your device, subscribe now.