श्रीन्यूज ओके रिपोर्टर
भैरहवा ।
क्रोएशिया जारी बिश्वकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रबेश गरेको छ ।क्वाटरफाइनलमा ५ पटकको बिश्व च्याम्पियन रहेको ब्राजिललाई पेनाल्टीमा ४–२ गोलले हराउदै क्र्रोएशिया सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो। क्रोएशिया अघिल्लो बिश्वकप फुटबलको उपबिजेता समेत हो ।
निर्धारीत समय ९० मिनेटमा दुबै टिमले गोल रहित बराबरी खेलेका थिए । त्यसपछि ३० मिनेट थप भएको थियो । अतिरीक्त समयको पहिलो हाफ १५ मिनेट पछिको इन्जुरी समय १ मिनेटमा ब्राजिलका नेयमार जुनियरले गोल गर्दै १ ० ले अग्रता दिलाएका थिए । अतिरीक्त समयको उत्तरार्धमा खेल सकिन मात्र ४ मिनेट बाकी रहदा क्रोएशियाका ब्रुनो पेटकोभिकले गाल फर्काउदै खेललाई १–१ को बराबरीमा ल्याउन सफल भएका थिए ।
अतिरीक्त समयमा १ –१ को बराबरी भए पछि निर्णयको लागि पेनाल्टी भएको थियो । पेनाल्टीमा क्रोएशिया भाग्यमानि ठहरीयो । क्रोएशियाका निकोला भ्लासिक, माजेर, मोडिक र अर्सिकको प्रहार गोलमा परिणत हुदा ब्राजिलको पहिलो प्रहार रोड्रिगोको डोमिनिक लिभाकोभिकले रोकेका थिए भने मार्किनुहोस को प्रहार पोष्टमा ठोकिएर फर्के संगै क्रोएशियाको जित सुनिश्चित भएको थियो । ब्राजिलका पेड्रो र केसमिरोले गोल गरेका थिए ।
Get real time update about this post categories directly on your device, subscribe now.