श्रीन्यूज ओके रिपोर्टर,भैरहवा
जारी बिश्वकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा अर्जेन्टीना प्रबेश गरेको छ । शुक्रबार राती सम्पन्न क्वाटर फाइनलमा नेदरल्याण्डलाइ पेनाल्टीमा ४ ३ गोलले हराउदै अर्जेन्टीना सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो।निर्धारीत समयमा दुबै टिमले २ २ गोलको बराबरी खेलेका थिए । बराबरी भए पछि ३० मिनेट थप भएको थियो । अतिरीक्त समयमा पनि गोल नभए पछि खेल पेनाल्टीमा पुगेको थियो ।
पेनाल्टीमा नेदरल्याण्डका सुरुका दुई प्रहार अर्जेन्टीनाका गोलरक्षक मार्टीनेजले बिफल तुल्याएका थिए । यस अघि खेल सुरु भएको ३५ मिनेटमा अर्जेन्टीनाका मोलिनाले गोल गरेका थिए । मध्यान्ह पछि ७३ मिनेटमा मेसीले पेनाल्टी मार्फत गोल गर्दै २ ० को अग्रता दिलाए । अग्रता धेरै बेर टिक्न सकेन । ८३ मिनेटमा नेदरल्याण्डका वेघरष्टले गोल फर्काउदै आशा जगाए । ९० मिनेट पछि ईन्जुरी समय १० मिनेट थप भएको थियो । अन्तिम क्षणमा वेघरष्टलेनै गोल फर्काउदै नेदरल्याण्लाई खेलमा फर्काएका थिए ।
पेनाल्टीमा अर्जेन्टिनाका मेसी, परेदेस, मोन्टिएल र लौतारो मार्टीैनेजले गोल गरेका थिए भने फर्नान्डेजको प्रहार बाहीर गएको थियो ।
नेदरल्याण्डका भान डिज्क ,बर्घुइसको प्रहार अर्जेन्टीनी गोलरक्षक मार्टिनेजले रोकेका थिए । कुपमेइनर्स, वेघरष्ट र डे जोंगको प्रहार भने गोलमा परीणत भएको थियो । सेमिफाइनलमा अब अर्जेन्टीनाले क्रोएशियाको सामना गर्नेछ ।
Get real time update about this post categories directly on your device, subscribe now.