- श्रीन्यूज ओके रिपोर्टर,भैरहवा
अर्जेन्टिना कतारमा जारी बिश्वकप फुटबल प्रतियोगिताको फाइनलमा प्रबेश गरेको छ । मंगलबार राती कतारको लुसेल रंगशालामा भएको पहिलो सेमिफाइनलमा अघिल्लो बिश्वकपको उप बिजेता रहेको क्रोएशियालाई ३–०गोल अन्तरले पराजित गर्दै अर्जेन्टिनाले बिश्वकप फुबटल फाइनलको यात्रा तय गरेको हो ।
अर्जेन्टिनाको जितमा कप्तान लियोनल मेस्सीले ३४ मिनेटमा पेनाल्टी प्रहारमा गोल गरे । जुलियन अल्भारेजले ३९ मिनेटमा गोल गर्दै अर्जेन्टिनाको अग्रता २–० बनाए । मध्यान्तर पछि ६९ औं मिनेटमा मेसीको पासमा अल्भारेजले अर्को गोल गर्र्दै बढत ३–० बनाए ।
मेसीको गोल संख्या चालु बिश्वकपमा ५ गोल पुगेको छ भने । मेसी गोल्डेन बुटको दौडमा अग्रपंतीमा छन् । बिश्वकप फुटबलमा अर्जेन्टिनाबाट सबैभन्दा बढी गोल गर्ने खेलाडी समेत भएका छन् । मेसीले गाब्रिएल बाटिस्टुटाको १० गोलको किर्तिमान तोडि ११ गोल पुरयाएका छन् ।
अर्जेन्टिना यस अघि २ पटक बिश्व बिजेता बनिसकेको छ । १९७८ र १९८६को बिश्वकप फुटबल अर्जेन्टिनाले जितेको थियो ।
२०१४को बिश्वकप फुटबलको फाइनलमा अर्जेन्टिना जर्मनी संग पराजित भएको थियो भने १९३०को पहिलो संस्करणमा उरुग्वे साथै १९९०को फाइनलमा तत्कालिन पश्चिम जर्मनी संग पराजित भएको मेसीको टिम २०१८को बिश्वकपमा भने राउन्ड १६ बाटै बाहिरीएको थियो । २०२२को बिश्वकप फुटबल उपाधि जित्न अब अर्जेन्टिना एक सिढी मात्र टाढा छ ।
Get real time update about this post categories directly on your device, subscribe now.