श्रीन्यूज ओके रिपोर्टर,भैरहवा
कतारमा जारी बिश्वकप फुटबल प्रतियोगिताको क्रेज बढेको छ । अहिले यहा जताततै फुटबलको चर्चा छ । अझ बिभिन्न होटल,रेष्टुरेन्ट र चोकमा ठुलो स्क्रिनमा फुटबलका खेल हेर्न पाउदा फुटबल प्रेमीहरु निकै खुसी भएका छन् ।उता फाइनल खेल हेर्न उज्यालो चोकमा सयौको संख्यामा फुटबल प्रेमीहरु जम्मा भएका छन् ।
अर्जेन्टिना र फ्रान्स बिच भएको फाइनल खेल उज्यालो चोकमा रहेको सानु डिपार्टमेन्टल स्टोरको ठुलो डिस्प्ले(टिभी)मा सयौको संख्यामा सडकमै बसेर फुटबल प्रेमीहरुले हेरीरहेका छन् । सडकमा बसेर फुटबल हेर्नेहरुको संख्याले क्रिकेटको शहरमा फुटबलको क्रेज बढेको सहजै अनुमान गर्न सकिन्छ ।
Get real time update about this post categories directly on your device, subscribe now.