- सुभाष सापकोटा (कतार)
अर्जेन्टिनाले बिश्वकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । कतारको लुसेल रंगशालामा भएको फाइनलमा साबिक बिजेता फ्रान्सलाई पेनाल्टीमा ४–२ गोलले पराजित गर्दै अर्जेन्टिनाले बिश्वकफ फुटबलको उपाधि चुमेको हो । अर्जेन्टिना यो सहित तेश्रो पटक बिश्वकप बिजेता बनेको छ । यस अघि १९७६ र १९८६ को बिश्वकप फुटबल उपाधि अर्जेन्टिनाले जितेको थियो । निर्धारीत ९० मिनेटको खेलमा दुबै टिमले २–२ गोलको बराबरी खेलेका थिए ।
अर्जेन्टिनाको लागि खेलको २३ मिनेटमा कप्तान लियोनल मेस्सीले पेनाल्टी मार्फत पहिलो गोल गरेका थिए भने ३६ औं मिनेटमा डि मारीयाले दोश्रो गोल गरेका थिए । मध्यान्तर सम्म २ गोलले पछि परेको फ्रान्सले ८० र ८१ मिनेटमा गोल फर्काउदै खेललाई बराबरीमा ल्याउन सफल भएको थियो । ८० मिनेटमा पेनाल्टी मार्फत एम्बापेले गोल गरेका थिए भने लगत्तै ८१ मिनेटमा उन्ले अर्को गोल गरे । निर्धारीत समयमा खेल २ २ गोलको बराबरी भए पछि खेल अतिरीक्त समयमा पुगेको थियो ।
१०८ मिनेटमा मेस्सीले गोल गर्दै ३–२ को अग्रता दिलाउन सफल भए । अर्जेन्टिनाको अग्रता धेरै टिक्न सकेन । फ्रान्सले ११८ मिनेटमा पेनाल्टी हान्ने अबसर पायो । सो पेनाल्टीलाई एमबाप्पेले गोलमा परिणत गर्दै खेललाई ३–३ को बराबरीमा ल्याउन सफल भए । अन्तत खेल निर्णयको लागि पेनाल्टी(टाइब्रेकर)मा पुग्यो । टाईब्रेकरमा फ्रान्स अभागि ठहरीयो । फ्रान्सका २ प्रहार अर्जेन्टिनाका गोलरक्षक इमालियानो मार्टिनेजले रोक्न सफल भएका थिए ।
अर्जेन्टिनाका मेस्सी, ड्याबला, परेडेस, मोन्टियलको प्रहारले जालि चुम्दा फ्रान्सका एम्बाप्पे र मुआनीको प्रहार मात्र गोलमा परीणत भएको थियो भने कोमन र टेक्वामेनीको प्रहार गोलमा परीणत हुन सकेन
।
Get real time update about this post categories directly on your device, subscribe now.