• मुख्य समाचार
  • फाेटाे फिचर
  • मौसम
  • सम्पादकीय
Wednesday, May 14, 2025
श्री ओके न्युज
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper
No Result
View All Result
श्री ओके न्युज
No Result
View All Result

साईग्लोबल कप अन्तर कलेज टि –२० क्रिकेट सुरु : न्यु होराइजनको विजयी सुरुवात

Shree News Ok by Shree News Ok
६ पुष २०७९, बुधबार १७:५८
1 min read
154 1
149
SHARES
293
VIEWS
  • श्रीन्यूज ओके रिपोर्टर, भैरहवा

न्यू होराइजन कलेज, बुटवलले साईग्लोबल कप अन्तर कलेज टि –२० क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।

रुपन्देही क्रिकेट संघको आयोजनामा रुपन्देहीको भैरहवामा बुधबारबाट सुरु भएको अन्तर कलेज ‘साई ग्लोबल कप–२०७९’ टि–२० क्रिकेट प्रतियोगिताको उदघाटन खेलमा होराइजनले साईग्लोबल कलेज, भैरहवालाई १ सय १५ रनको ठुलोे अन्तरले पराजित गर्दै विजयी यात्रा सुरुवात गरेको हो ।

सिद्धार्थ रंगशालामा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको न्यू होराइजनले निर्धारित २० ओभरको खेलमा ४ विकेट गुमाउँदै २ सय २८ रनको बिशाल लक्ष्य खडा गरेको थियो । उसका लागि अमर मिश्राले आकर्षक ब्याटिङ गर्दै १ सय ३ रनको योगदान दिए । म्यान अफ द म्याच समेत रहेका मिश्राले ६० बलको सामना गर्दै ९ चौका र ३ छक्काको मद्दतले शतक पुरा गरेका थिए ।

त्यसैगरी होराइजनको जितमा आशिष लोहनीले २३ रन, राहुल भण्डारी, अंकित बिएम तथा प्रकाश गिरीले समान १८–१८, र निश्चल ज्ञवालीको १२ रनको योगदान रहयो । बलिङगमा साईग्लोबलका फराद अहमद, बिबेक कोहाँर र अजय रसाइलीले समान १–१ विकेट लिएका थिए ।

साईग्लोबलले निर्धारीत ९ विकेटको क्षतिमा १ सय १३ रन मात्रै बनाई हार व्यहोर्न पुग्यो । साईग्लोबलका बिद्या गुप्ताले सर्बाधिक ५६ रन बनाए पनि जितका लागि पर्याप्त हुन सकेन् ।
त्यस्तै, अजय रसाइलीले ३० र सुरज यादवले १५ बाहेक अरु कसैले दोहोरो अंकको योगफल बनाउन सकेनन् । साईग्लोबललाई सस्तैमा रोक्ने क्रममा न्यू होराइजनका अमर मिश्राले ६ विकेट लिए भने प्रकाश गिरीले २ र बिशाल भुसालले एक विकेट लिए ।

यसअघि प्रतियोगिताको उद्घाटन गर्दै नेपाल उद्योग बाणिज्य महासंघका लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्माले विधार्थी र खेलाडी बन्नेहरुका लागि यो प्रतियोगिता उत्प्रेरणााको स्रोत बताए । उनले खेलले आफ्नो ठाउँ, नाम र मुलकलाई चिनाउन मद्दत गर्ने जनाए । ‘क्रिकेटको पवद्र्धन गर्न यो प्रतियोगिता महत्वपूर्ण छ । क्रिकेट संघले धेरै खेलाडी जन्मायो । रुपन्देही र भैरहवालाई चिनायो । अब पनि धेरै खेलाडी उत्पादनमा ध्यान दिनुपर्छ’, उनले भने । खेलको निष्ठा जागृत गर्न विद्यालयहरुले खेललाई प्राथमिकता दिनुपर्नेम उनले जोड दिए । ‘धेरै विद्यालयहरुले खेललाई प्राथमिकता दिएका छैनन् । अब दिनुपर्छ । निजी क्षेत्र सधै साथमा छ’, उनले भने । शर्माले खेलमा अनुशासन जरुरी रहेको जनाउँदै सबै विद्यार्थी खेलाडीहरुलाई अनुशासनको पालना गर्न आग्र गरे ।

संघका अध्यक्ष हरिबहादुर थापाले अबका दिनमा पनि कुनै पनि विद्यालयसँग समन्वय गरेर यस्ता प्रतियोगिता आयोजना गरिरहने जनाए । ‘संघ सधैं क्रिकेटको विकासमा लागेको छ र लागिरहनेछ’, उनले भने, ‘खेलाडीका मर्म, इच्छा बुझ्ने कोसिस गर्नेछौं । धेरै खेलाडी उत्पादनमा लाग्नेछौं ।’ उनले विद्यालयस्तरका यस्ता खेलकुदले भविष्यमा खेलाडी उत्पादनमा टेवा पुग्ने जनाए ।

संघका संस्थापक अध्यक्ष प्रेमकुमार सेन्चुरीले खेलाडीको जन्म विद्यालयबाटै हुने भएकाले विद्यालयस्तरीय प्रतियोगिता धेरै आयोजना गर्नुपर्नेमा जोड दिए । ‘रुपन्देही क्रिकेटको उर्भरभूमि हो । सफलतालाई अझै बढाउनुपर्छ । खेल राष्ट्रका लागि पनि महत्वपूर्ण हो । क्रिकेटले अन्तर्राष्ट्रिय जगतमा मुलुकलाई आगामी दिनमा पक्कै चिनाउने छ, यसका लागि राम्रा खेलाडी उत्पादनमा लागौं’, उनले भने ।

पुस १६ गतेसम्म चल्ने प्रतियोगितामा रुपन्देहीका निजी तथा सामुदायिक गरी २० वटा कलेजको सहभागिता छ । प्रतियोगितामा बिजेताले ४० हजार रुपैयाँ र ट्रफी तथा उपबिजेताले २० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन् । त्यसैगरी म्यान अफ द सिरिजले ५ हजार रुपैयाँ, बेष्ट ब्याटर तथा बेष्ट बलरले जनही २ हजार ५ सय तथा प्रत्येक दिनको म्यान अफ द म्याचलाई १ हजार रुपैयाँले पुरस्कृत गरिने संघका सचिव संजय गुरुङले जानकारी दिए । यस्तै, प्रतियोगितामा अनुशासित एक टिमलाई समेत पुरस्कृत गरिने आयोजकले जनाएका छन् । प्रतियोगितालाई साई ग्लोबल एकेडेमीले मुख्य प्रायोजन गरेको छ ।

Facebook प्रतिक्रियाहरु

Shree News Ok

Share this:

  • Facebook
  • X

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
Shree News Ok

Shree News Ok

Related Posts

समाचार

आज माता तिर्थ औंशी

भैरहवा वरपर

मारवाडी सेवा सङ्घ भैरहवाको अध्यक्षमा श्रवण

समाचार

पत्रकारलाई दुर्व्यवहार र आक्रमणको प्रयास गर्ने यादव पक्राउ

अर्थहवा

‘मेरो व्यवसाय’ : खाद्य सामाग्री को खरीद बिक्री

खेलकुद

श्री दाउन्ने ओशो स्वर्णकार सुपर सिक्स क्रिकेट: उपाधि विश्वकर्मा युवा समाजलाई

अर्थहवा

रूपन्देहीका ईट्टा उद्योग सङ्कटमा, बेमौसमी वर्षाले थप समस्या

  • ट्रेंडिंग
  • प्रतिक्रियाहरु
  • भर्खरको पोष्ट

लुम्बिनी वाटर पार्क बैशाख १५ बाट सञ्चालनमा आउने

भारतीय ट्रकको चामल लुटेर चालककै हत्या ४ जना पक्राउ

छिटै निको हुनेछुः आयुषा

रुपन्देहीमा मंगलवारबाट सार्जजनिक यातायात चल्ने, पसलहरु खुल्ने समय अबधि बढ्ने

आज माता तिर्थ औंशी

0

एभरेष्ट बैंकको प्रधान कार्यालय सिल

0

सुनको भाउ एक लाख दुई हजार पाँच सय पुग्यो

0

रोड दुर्घटनामा परेका अफगानिस्तान ओपनर नजिबको निधन

0

आज माता तिर्थ औंशी

मारवाडी सेवा सङ्घ भैरहवाको अध्यक्षमा श्रवण

पत्रकारलाई दुर्व्यवहार र आक्रमणको प्रयास गर्ने यादव पक्राउ

‘मेरो व्यवसाय’ : खाद्य सामाग्री को खरीद बिक्री

हाम्रो बारेमा

 

श्री न्यूज ओके नेपाल डट कम भैरहवा र वरपरका क्षेत्रका विभिन्न समाचारहरु पाठकहरुमाझ ल्याउने उद्देश्यले सञ्चालनमा ल्याइएको हो । यस क्षेत्रका आर्थिक, सामाजिक, पर्यटन, शिक्षा, खेलकुद, संस्कृति लगायतका विषयलाई यो अनलाइनले प्राथमिकता दिनेछ । समाजमा भएका राम्रा पक्षको समाचार माध्यमबाट प्रवद्र्धन र गलत पक्षको कामको समाचारको माध्यमबाट निरुत्साहित गर्दै स्वच्छ समाज निर्माणमा समाचारको माध्यमबाट लाग्ने छौं ।

सम्पर्क

 

ठेगाना : सिद्धार्थनगर – ८, भैरहवा, रुपन्देही
सम्पर्क न : 9857062352
इमेल : newsok52@gmail.com

श्री न्युज ओके डट कमका लागि

पोर्ट मिडिया प्रा.लि.
कम्पनी दर्ता नं. १५३१७२/०७३/०७४
अध्यक्षः विमल सेन्चुरी
प्रवन्ध निर्देशकः विक्रम मल्ल
प्रवन्ध सञ्चालकः राजकुमार गुप्ता
सञ्चालकः
खेमराज भुषाल
सीता केसी
जमुना गिरी
प्रेमराज शर्मा
विकाश नारायण श्रेष्ठ
रियाज वारिश

हाम्रो टिम

सम्पादकः मनोरञ्जन शर्मा


ग्राफिक्स :
कमल परियार / के डिजाइनर
व्यवस्थापकः सरिता सापकोटा
कार्यालय सहायकः सन्तोष भुज
बजार प्रतिनिधीः केशव यादव

सम्वाददाताः
हनुमान पाण्डेय, कपिलवस्तु
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2020 श्री न्युज ओके | Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper

© 2020 श्री न्युज ओके | Design By :- Hari Karki

Welcome Back!

OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?